ग्यासको मूल्यमा २५ रुपैयाँ घटयो
प्रकाशित मिति : २०७६, २१ श्रावण मंगलवार २१:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । ग्यासको मूल्य २५ रुपैयाँ घटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार ग्यासको मूल्य घटाएको हो।वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ।
Advertisement
यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ।
यस्तै, डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ। साबिकको ९७ प्रतिलिटर मूल्यमा सरकारले पचास पैसा बढाएको हो।