माफी मागेर तत्काल नेकपाले सरकारी जग्गाबाट कार्यालय हटाउनु पर्छ:नेपाली कांग्रेस
प्रकाशित मिति : २०७६, २३ श्रावण बिहीबार १७:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारी जग्गामा रहेको धुम्बाराहीस्थित पार्टी कार्यालय तत्काल छाड्न आग्रह गरेको छ।पासाङ ल्हामु प्रतिष्ठानलाई भोगचलनको अधिकार दिइएको सरकारी जग्गामा बसेको भवनमा नेकपाको कार्यालय छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा नेकपाको कार्यालय रहेको खबरले आफू दुःखी र अचम्मित भएको बताए ।उनले भनेका छन्, ‘हामी आश गर्छौं यस्तो गल्ती गल्तीप्रति माफी माग्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउनेछ ।’
Advertisement