नेपालगन्जमा १६ बर्षकै उमेरमा छोरीको बिहे गर्न पाउनु पर्ने भन्दै पुनः महिलाहरुद्वारा धर्ना
प्रकाशित मिति : २०७६, २३ श्रावण बिहीबार १८:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जमा एक पुरुषसहित सयौंको संख्यामा मधेेेशी महिलाहरु नेपालगन्ज उपमहानगरपालिका आइ १६ वर्षको उमेरमै बिवाह छोरीको बिवाह गर्न पाउनुपर्ने मागराखेका छन् ।महिलाहरुको समूहले बिहिबार नेपालगन्ज उपमहानगरपालिका भित्र धर्ना दिदै गेटमा जाम गरेका थिए ।
Advertisement
कानून बिपरित बिवाह गर्न पाउनुपर्ने भन्दै धर्नामा अगुवाइ गरेका जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्रलाई प्रहरी पक्राउ गर्दै महिलाहरुलाई तितरबितर बनाएको थियो। दिउँस २ बजे तितरबितर भएको समुुह पुनः अपरान्ह ४ बजे मिश्र सहित उपमहानगरपालिका भित्र प्रबेश गरेको थियो।
ससाना बालक सहितका आमा र बृद्धालाई उचालेर १६ बर्षमा बिहे गर्न पाउने र बिहे गर्दा सरकारले २० हजार रुपैयाँ समेत दिने भनेर उनीहरुलाई मिश्रले ल्याएको केही महिलाहरुले बताए। दोश्रो चरणको करिब एक घन्टाको धर्ना पछि उनिहरुले मेयर डा. धवल शमशेर राणालाई भेटेका थिए। उनीहरु सगको भेटमा मेयर राणाले सबैभन्दा पहिला छोरीहरुको लागि शिक्षा अनिबार्य भएको बताए। साथै राणाले शिक्षाको लागि निशुल्क रुपमा नेपालगन्ज ४ मा रहेको छात्रा कलेजमा गएर अध्यन गर्न समेत उनिहरुलाई सुझाब दिएपछि उक्त टोली बाहिरिएको थियो।