नेपालगन्जमा लागेको आगोले १३ वटा पसल जलेर खरानी, दमकल समयमा आएन: पीडित
प्रकाशित मिति : २०७६, २४ श्रावण शुक्रबार ११:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जको बिपीचोक नजिकको फर्निचर उद्योगमा गए राती ११ बजेदेखि शुरु भएको आगलागी आज बिहान पाँचबजे मात्र नियन्त्रणमा आएको छ । आधा दर्जन दमकलले आगो निभाउँन निरन्तर प्रयास गर्दा समेत बल्ल बल्ल आज बिहान मात्र नियन्त्रणमा आएको थियो ।
Advertisement
पाँच घण्टा लागेको आगोले १३ वटा पसल जलेर खरानी भएका छन्। आगलागीस्थलमा आफ्नो टोलीसहित आगलागि नियन्त्रण गर्न पुगेका वडा प्रहरी नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेत निम्न उद्योग क्षती भएको बताएका छन्।
१। हिमालय स्टिल
२। सानिया स्टिल
३। स्टार स्टिल
४।वारसी स्टिल
५।बिन्देश्वरी फर्निचर
६।न्यू रुबी
७। प्रतापसिंहको फर्निचर
८।आलिया फर्निचर
९। अमन फर्निचर
१०।ए–वान फर्निचर
११। वावा फर्निचर
१२। बाबा टे«र्डस
१३ सरदार डेण्टल
यि पसलबाट तीन करोड क्षतीको प्रारम्भीक अनुमान गरिएको प्रहरी निरीक्षक बस्नेतले बताए । क्षतीको विवरण संकलन भइरहेकाले पूर्ण विवरण आउन बाँकी रहेको छ । बिद्युत सर्ट भएर एउटा पसलबाट शुरु भएको आगो अन्यत्र पनि सल्किएको थियो । टिनले बनाएका घरमा फर्निचरको शोरुम र गोदामका रुपमा प्रयोग गरिएको थियो । सबै पसल जोडिएको र फर्निचर बनाउन प्रयोग हुने ज्वलनशिल पदार्थ समेत रहेकाले आगो निभाउन हम्मेहम्मे परेको थियो ।
तर आगलागी पीडितले दमकल समयमा नआएको र आए पनि पानीको उचित व्यवस्थापन नगरेको भन्दै आक्रोस पोखेका छन् । नेपालगञ्ज उपमहानगरका दुईवटा, राँझा बिमानस्थलको एउटा, कोहलपुर र बर्दियाबाट समेत दमकल आएको थियो । आगलागीस्थलमा पुगेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणासंग स्थानीयले दमकलका बारेमा गुनासो गरेका थिए । नेपालगञ्जको दमकलको मात्र भर परेको भए वरपर रहेका सबै फर्निचर जल्ने र मयक पेट्रोल पम्पसम्म आउने सम्भावना रहेको भन्दैले स्थानीयले चिन्ता प्रकट गरे ।
आगलागीमा कुनै पनि पसलको बिमा नभएको पाईएको छ । बाबा फर्निचरले बिमा गरे पनि त्यसका सञ्चालकले नविकरण गरे नगरेको थाहा नभएको बताए । उद्योगका सञ्चालकले बिमा नगरेको जानकारी दिएका छन् । आगलागी भएका टहराहरु फेरी नयाँ बनाउनुपर्ने भएको छ । अहिलेकै अवस्थामा पुन प्रयोगमा ल्याउन सकिने अवस्था छैन ।