दश हजार विरुवा रोप्ने अभियानको मन्त्री राईद्वारा नेपालगञ्जबाट उद्घाटन
प्रकाशित मिति : २०७६, २६ श्रावण आईतवार १२:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दश हजार विरुवा रोप्ने अभियान शुरु भएको छ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आज जमुनाहास्थित सडकको ग्रीनबेल्टमा विरुवा लगाउँदै दश हजार विरुवा रोप्ने अभियानको उद्घाटन गर्नुभयो । बृहत् बृक्षारोण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले सातै वटा प्रदेशमा यस्तो अभियान सुरु हुने जानकारी दिनुभयो।उहाँले देशलाई नै हराभरा बनाउन सात वटै प्रदेशका मुख्य ७ शहरहरुमा रुख रोप्ने कार्यक्रम अन्तर्गत् नेपालगञ्जबाट पाइलट प्रोजेक्टका रुपमा बृक्षारोपण कार्यक्रम शुरु भएको बताउनुभयो । सहरी विकास मन्त्रालयको अग्रसरतामा रुख रोप्ने अभियान थालिएको मन्त्री राईले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले विरुवा रोप्ने जग्गा उपलब्ध गराउनुका साथै विरुवाहरुको संरक्षण पनि गरिने बताउनुभयो । सडक पेटी, सरकारी कार्यालय र सार्वजनिक जग्गामा बृक्षारोपण गरिनेछ ।
Advertisement