प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा डा. सुवेदी
प्रकाशित मिति : २०७६, २७ श्रावण सोमबार १८:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । प्रजातान्त्रिक विचार समाज बाँकेको आज सम्पन्न अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । प्रजातन्त्रवादी वुद्धिजीवीहरुको उपस्थितिमा सम्पन्न अधिवेशनले डा. राजकुमार सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । प्रजातान्त्रिक विचारधाराका प्राध्यापक, शिक्षक, वकिल, चिकित्सक, इन्जिनियर र पत्रकार समाजको सदस्य बन्न सक्ने प्रावधान अनुसार कार्यसमिति गठन गरिएको हो ।
Advertisement
उपाध्यक्षमा दोर्ण बहादुर वली, सचिवमा चित्र बहादुर शाही, सहसचिवमा निवेश शर्मा, कोषाध्यक्षमा अमृता केसी, रहनुभएको छ। यस्तै सदस्यहरुमा मोहनजंग शाह, शुक्रऋषि चौलागाईं, संकेत कुमार शर्मा, अरविन्द्र दत्त मिश्रा, टेकेन्द्र महतरा, नुतन पौडेल, पारस खडका, मोहम्मद अयूव सिद्दिकी, डिल्ली कमल शर्मा र प्रियास्मृति ढकाल रहनुभएको छ । यस्तै सल्लाहकारहरुमा सनत कुमार रेग्मी, डा. राजेश केशर खनाल, जयनारायण शाह, विरेन्द्र यादव, ईश्वरी प्रसाद ज्ञवाली, गणेश कुमार रेग्मी, प्रहलाद बहादुर कार्की र जयसिंह केसी रहनुभएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै समाजका अध्यक्ष डा. केदार नरसिंह केसीले प्रजातान्त्रिक विचारलाई प्रभावकारीरुपमा प्रवाह गरेर लोकतन्त्रलाई संस्थागत गर्नु नै मुख्य ध्येय हुनु पर्ने बताउनुभयो। नेपाली काँगे्रस पार्टी सभापति किरण कोइरालाले पार्टीलाई दिशानिर्देश गर्ने शक्तिको खाँचो रहेको औंल्याउँदै रचनात्मक सहकार्यको प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेश नम्बर ५ संयोजक शंकर दिवस मजगैंंयाले विचारको सशक्तिकरण विना कुनै पनि संगठन प्रभावकारी सञ्चालन हुन नसक्ने भएकाले विचार नै प्राथमिकतामा हुनुपर्ने बताउनुभयो । साहित्यकार सनत रेग्मीले अध्ययन गर्ने परिपाटी हराउँदै गएको भन्दै काँगे्रस नेतृत्व र कार्यकर्ताले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउनुभयो ।
उद्घाटन समारोहमा नेपालगञ्ज मेडिकल कलेजका निर्देशक एवं चिकित्सक संघ भेरीका पूर्व अध्यक्ष डा. सुरेश कुमार कनोडिया, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य दोर्ण वली, प्रजातान्त्रिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष डा. राजेश केशर खनाल, नेपाल इन्जिनियरिङ एशोसियशनका केन्द्रीय सदस्य पारस खडका, डिएलए बाँकेका अध्यक्ष ईश्वरी प्रसाद ज्ञवाली, नेपाल प्रेस यूनियन बाँकेका सचिव अर्जुन वली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष विरेन्द्र यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।