नेपालगन्ज उपमहानगरपालिकाको नगर बस चाडैं सञ्चालनमा आउँदै
प्रकाशित मिति : २०७६, २९ श्रावण बुधबार १३:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाद्वारा सात वटा नगर बस सञ्चालनमा चाडैं ल्याउने भएको छ।नेपालगन्ज उपमहानगरले गाउँ नगर साझेदारी कार्यक्रम अन्तर्गत गरिबी निवारण कार्यक्रमलाई सफल बनाउन सात वटा सुविधायुक्त सवारी सञ्चालनमा ल्याएको हो।
Advertisement
बसबाट भएको आम्दानी सबै गरिबी निवारण कार्यक्रममा खर्चिने उपमहानगरले जनाएको छ।
चालक र सहचालकलाई सरकारले तोकेको बमोजिम सुविधा उपमहानगरले दिनेछ।उक्त नगर बसमा चालक जनजाति र सहचालक महिलालाई राखिने उपमहानगरले जनाएको छ।
चालक पाइसके पनि सहचालकको लागि भने सूचना जारी गरिएको उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले जानकारी दिए।यी बस अबको १५ दिनभित्र सञ्चालनमा आउने मेयर राणाले बताए।नेपालगञ्ज, कोहलपुर, गाईघाट, बेतनी, मिलनचोक लगायतका रूटमा बस चल्नेछ।
‘यी बसहरू सञ्चालन गरेरपछि राम्रो भए थप्ने विचार गर्नेछौं’,मेयर राणाले भने।विद्यार्थी, अपांग, जेष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिइने महानगरले जनाएको छ।