वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन
प्रकाशित मिति : २०७६, ३० श्रावण बिहीबार १२:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।वरिष्ठ पत्रकार एबम साहित्यकार मदनमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ। उनको बिहिबार बिहान ४ बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ। उनी ९७ वर्ष पूरा भई ९८ वर्षमा प्रवेश गरेका थिए।उनलाई १२ दिन अगाडी निमोनिया भएपछि सुमेरू अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार उनको शरीरमा मृगौलालाई प्रभावित पार्ने क्रेटेनाइनको मात्रा अत्याधिक देखिएपछि चिकित्सकहरूले अक्सिजनको सहायतामा घरै लैजानु उचित हुने सुझाव दिएपछि राति ९ बजे घर ल्याइएको थियो। उनी बिहान ३ बजे आफै उठेर शौचालय गएका थिए। त्यसपछि नै उनलाई परिवारका सदस्यले अचेत अवस्थामा भेटेपछि तत्काल घर नजिकैको हिमाल अस्पताल लगेका थिए।त्यहाँ चिकित्सकहरूले उनको मृत्युको घोषणा गरेका थिए।
Advertisement