मनकारी वडा अध्यक्ष सफिक बेहनाद्वारा बिरामीलाई आर्थिक सहयोग प्रदान
प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार ११:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। नेपालगन्जका एक मनकारी वडा अध्यक्षले एक बिपन्न बिरामीलाई आर्थिक सहयोग गरेका छन् । कलेजोको सम्बन्धी रोगबाट बिरामी भइ हाल लखनउमा उपचार गराइरहेकी नेपालगन्ज ४ कि मैसुर जहाँलाई नेपालगन्ज वडा नम्बर ४ का मनकारी अध्यक्ष मो. सफिक बेहनाले दश हजार रुपैयाँ सहयोग गरेका छन् ।उनले जहाँकि आमालाई पैसा हस्तान्तरण गरेका छन् । जहाँको कलेजोको लखनउमा अप्रेसन भइरहेको छ। अति बिपन्न बर्गकि जहाँको नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार हुन नस्कदा उनलाई लखनउ लगेको अध्यक्ष बेहनाले बताए। आफुले केही सहयोग गर्दै कोहि बिपन्नलाई मदत पुग्छ भने आफुले सधै मदत गर्न तयार भएको अध्यक्ष बेहनाले बताए। यति मात्रै होइन अध्यक्ष बेहनाले पहिला देखि नै बिपन्न र प्राकृतिक प्रकोपमा परेकालाई समेत सहयोग गर्दै आएका छन् । अध्यक्ष बेहनाले आफुले पाउने सेवा लिने गरेका छैनन् ।अध्यक्ष बेहना सधै जनताको हकहितमा लाग्दै आइरहेका छन् भने बिकास निर्माणमा धेरै अगाडी रहेका छन् ।
Advertisement