रबि लामिछानेसहित तीनै जनालाई म्याद थप गर्न चितवन जिल्ला अदालत पुर्याइयो
प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार १४:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका अभियुक्तहरु पत्रकार रबि लामिछाने ,पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रबि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो । उनिहरु लाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएको थियो ।
Advertisement