नेपालगन्जमा भन्सार छली ल्याएका ४४ हजार रुपैया बरावरको कपडा बरामद
प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार १८:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।भारतबाट भन्सार छली नेपाल भित्राएका करिव ४४ हजार रुपैया बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र वल नेपाल नं ४० गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ को हड्डी चोक नजिकैबाट उक्त कपडा बरामद गरेको हो ।
Advertisement
गस्ती टोलीलाई देखेपछि तस्करहरु कपडा बीचबाटोमै छोडेर भागेको गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नवराज बोहराले जानकारी दिनुभयो । बरामद गरिएको कपडामा लेडिज सुट ५४ थान, लेडिज कुर्ति ५४ थान र थान कपडा १८ रोल अर्थात ४ सय ३२ मिटर रहेको उहाँले बताउनुभयो । बरामद कपडा आजै भन्सार कार्यालय नेपालगञ्जमा बुझाइको छ । उक्त कपडाको मूल्य ४४ हजार २ सय ८० अनुमान गरिएको भन्सार कार्यालयले जनाएको छ।