रबि लामिछाने पत्नी निकिताले ३ जना बिरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेन् "चितवन हाम्रो आफ्नो क्षेत्रभित्र पर्दैन: महानगरीय प्रहरी परिसर "
"चितवन हाम्रो आफ्नो क्षेत्रभित्र पर्दैन: महानगरीय प्रहरी परिसर "
प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार १५:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । संचारकर्मी रबि लामिछाने पत्नी निकिता पौडेलले ३ जना बिरुद्ध दिएको किटानी जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता अस्वीकार गरेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । तर उनलाई प्रहरीले यो केश चितवनमा भएकोले आफ्नो क्षेत्त्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको हो । प्रहरीले यो घटना अब अदालतले हेर्ने हुँदा चितवन नै जान सुझाब दिएको छ।
Advertisement