डुडुवा गाउँपालिकामा द्वन्द्व संवेदनशीलता सम्बन्धि तालिम
प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार १७:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा गाउँपालिका( बाँके ), सन्तोष गुप्ता। मधेस मानवअधिकार गृहको आयोजनामा इन्टरनेशनल एलर्ट, युके एडकाे सहकार्यमा समग्र, लैंगिक उत्तरदायी र जवाफदेही न्यायमा पँहुच सुदृढीकरण (सहज) परियोजना अन्तर्गत द्वन्द्व संवेदनशीलता सम्बन्धि २ दिने तालिम कम्दीमा सम्पन्न भएको छ।
डुडुवा गाउँपालिका बाँकेका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतमा सम्पन्न उक्त तालिममा बोल्दै उपाध्यक्ष बानोले महिला अधिकार संरक्षण सबै जना लाग्नुपर्ने बताउनुभयो साथै उहाँले न्यायमा समेत पहुँच पुर्याउन गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । उक्त तालिममा डुडुवा गाउँपालिकाका १ नं.वडा अध्यक्ष, २ नं.वडा अध्यक्ष, नागरिक, समाजका प्रतिनिधि, मेलमिलापकर्ता, समुदाय प्रहरी कार्यपालिका सदस्य र डुडुवाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिममा विष्णु नेपाली र पार्बति नेपालीले प्रशिक्षण दिनू भएको थियो । तालिममा न्यायमा पहुँच पुर्याउन, महिला अधिकार, सवालका विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।
Advertisement