अछाममा जिप पहाडबाट सात सय मिटर तल खस्यो, ३ जनाको मृत्यु
प्रकाशित मिति : २०७६, ५ भाद्र बिहीबार १०:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अछाम।अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकालिडी सुकीबाग भन्ने स्थानमा जिप सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे दुर्घटना भएको थियो ।दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका ४ का ३८ वर्षीय कालुसिंह आउजी, सोही ठाउँका ३७ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका ३ का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो । परियारको घटनास्थलमै र आउजी र बोहराको उपचारको क्रममा राति सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।दुर्घटनामा जिप चालक कैलालीको कैलाली घोडाघोडी नगरपालिका ७ कीर्तिपुर बस्ने अन्दाजी २६ वर्षीय जनजीर चौधरी र कैलालीको धनगढी उपमहानगरपालिकाका अन्दाजी २५ वर्षीय घनश्याम चौधरी घाइते छन्। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
Advertisement