राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ चिकित्सकले गरे सामुहिक राजिनामा
प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार ०८:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
घोराही ( दाङ )।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत सम्पूर्ण चिकित्सकहरुले सामुहिक राजिनामा दिएका छन् । उपकुलपती संगीता भण्डारीको क्रियाकलाप प्रति असन्तुष्टि पोख्दै प्रतिष्ठानमा कार्यरत २५ जना चिकित्सकले विहीवार सामुहिक राजिनामा पत्र लेखेका छन् । कुलपति कार्यालय काठमान्डौं लगाएत जिल्ला प्रशासन कार्यालय दाङ समेत ५ स्थानमा बोधार्थ पठाइएको पत्रमा उपकुलपति डा। भण्डारीको कार्यसैलीका कारण सामुहिक राजिनामा दिएको उल्लेख गरिएको छ ।
Advertisement
उपकुलपतिले बारम्वार अनुचित बाहानामा स्पटिकरण सोध्ने गरेको, बर्खास्ती र धम्किदिने जस्ता कार्य मार्फत मनोवल गिराउने कार्य गरेको दोषारोपन गरिएको छ । उपकुलपतिको कार्यसैलीले आँफुहरु शारिरीक तथा मानसिक रुपमा विक्षिप्त भइ काम गर्न नसक्ने अवस्थामा पुगेको राजिनामा पत्रमा चिकित्कसहरुले उल्लेख गरेका छन् ।
राजिनामा पत्रमा उपकुलपति समक्ष पटक÷पटक वातावरण मिलाउन आग्रह गरेको भएपनि त्यसको सुनवाई नभएको तथा आँफुहरुलाई चरम मानसिक पीडा सृजना गराएको दोषारोपन गरिएको छ।