दाङको लमही- गढवा राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै
प्रकाशित मिति : २०७६, ७ भाद्र शनिबार ११:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । दाङको लमही गढवा सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । हुलाकी राजमार्ग अन्तर्गत दाङको लमही गढवा सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । विसं २०५६ मा निर्माण भएको पुलको अधिकांश ठाउँमा कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया पनि लागेका छन् ।
Advertisement
‘पुलबीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा समस्या हुने गरेको छ’, स्थानीय भीम ओलीले भने, ‘खाल्डा तत्काल पुर्न आवश्यक छ ।’ पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको उनले बताए ।
नदी किनारमा खुलेका क्रसर उद्योगका सवारीसाधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले गर्दा पुल जीर्ण अवस्थामा पुगेको स्थानीय अमृत खड्का बताउँछन् । ‘पुलमा क्रसर उद्योगका ठूला–ठूला गाडी आवतजावत गर्छन्’, उनले भने, ‘पुल नजिकैबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ ।’
निर्माण भएको २० वर्ष पुग्नै लाग्दा मर्मतलाई कुनै निकायबाट पहल नभएको स्थानीयको गुनासो छ । उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिकटनभन्दा बढी भारवहनको सवारी चलाउन नपाइने प्राविधिकको भनाइ छ ।
पुल हुलाकी सडकअन्तर्गत रहेकाले हुलाकी सडकले नै मर्मत गर्नुपर्ने सडक डिभिजन दाङका सूचना अधिकारी क्षितिज पोखरेलले जानकारी दिए ।
त्यस्तै दाङको राप्ती लोकमार्गअन्तर्गत बबई नदीको पुल पनि जीर्ण बनेको छ । तुलसीपुर–अमेलिया सडकखण्डको सित्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको हो ।
पुलमा गरिएको पुरानो कालोपत्र ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समस्या हुने गरेको छ । समयमै मर्मत नहुँदा अहिले ठाउँ–ठाउँमा ठूला–ठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ कमजोर हुँदै गएको स्थानीयवासीले बताएका छन् । स्थानियहरु भन्छन् कहिले मर्मत हुन्छ ?