रवि लामिछानेलाई अदालत पुर्याइयो,सरकारी वकिलले अभियोगपत्र दायर गर्दै
प्रकाशित मिति : २०७६, ८ भाद्र आईतवार ११:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन ।पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका रवि लामिछाने सहित तीन जनालाई आज अदालत लगिएको छ । आज बिहान १० बजे उनिहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि आज बहस नसकिए भदौ ९ गते अर्थात भोली पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका एक न्यायधीशले जानकारी दिए ।
Advertisement
नारायणी अनलाइनबाट।