रबि लामिछानेसहित तीन जना बिरुद्ध आत्महत्या दुरुत्साहन कसूरमा मुद्दा दर्ता
प्रकाशित मिति : २०७६, ८ भाद्र आईतवार १६:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबि लामिछानेसहित तीन जना बिरुद्ध मुद्दा दर्ता भएको छ। आज जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा उनिहरु बिरुद्ध मुद्दा दर्ता गराएको छ । सरकारी वकिलका तर्फबाट तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो । अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।
Advertisement