नेपालगन्जका पत्रकार उदय श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी
प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार १८:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरे लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेबाट पक्राउ अनुमति लिई पक्राउ पूर्जी जारी गरिएको हो ।
Advertisement
अभद्र व्यवहार सम्वन्धि कसुर गरेको आरोपमा श्रेष्ठ विरुद्ध मुद्दा दर्ता भएको प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले बताउनुभयो । मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार सम्वन्धि कसुर अन्तर्गत् श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो । एसपी ओलीले बेहनाले ९ दिनअघि नै जाहेरी लिएर आएपनि आफूले मेलमिलापका लागि समय दिएको बताउँदै उहाँहरुबीच मेलमिलाप नभएपछि बेहनाको आग्रहमा आज मुद्दा दर्ता गरिएको बताउनुभयो । ‘बेहनाले मैले न्याय पाउने कि नपाउने भनेपछि आज अपरान्ह मुद्दा दर्ता गरिएको हो’, एसपी ओलीले भन्नुभयो । मुद्दा फाँटका इन्चार्ज प्रहरी निरिक्षक दिपक मल्लले पक्राउ पूर्जी जारी गरेको पुष्टि गर्नुभयो । श्रेष्ठका विरुद्ध मुद्दा दर्ता गर्नुभएका वडा नम्बर ४ का वडा अध्यक्ष बेहनाले पत्रकार श्रेष्ठले पटक पटक आफूलाई डर, धाक, धम्की दिई गैरकानुनी लाभ(फिरौती) लिएको साथै गत असारमा वडा कार्यालयभित्र प्रबेश गरी फिरौती माग गरेको बताउनुभयो । आफूले फिरौती दिन इन्कार गरेपछि सामाजिक सञ्जाल मार्फत् गाली गलौज, धम्की र अभद्र व्यवहार गरी प्रतिष्ठामा आँच आउने गरी गैरकानुनी रुपमा फोटो चोरी गरी सार्वजनिक गरेको आरोपमा मुद्दा दर्ता गरेको बताउनुभएको छ ।
मुलुकी अपराध संहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत् दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए १ बर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ ।