नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठको खोजी कार्य जारी: बाँके प्रहरी प्रमुख
प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार २१:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
उनेपालगञ्ज । नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी गरिए पछि उनको खोजी कार्य जारी भएको छ। पक्राउ पुर्जी जारी भए पछि निज उदय श्रेष्ठको खोजी कार्य जारी रहेको बाँके प्रहरी प्रमुख वीर बहादुर वलीले बताउनु भएको छ। हामीले सबै ठाउमा प्रहरी पठाएका छौ तर श्रेष्ठ नभेटिएको वलीले बताउनु भयो। उहाँ भन्नुहुन्छ हामी जसरी नि श्रेष्ठलाई पक्राउ गर्छौ।श्रेष्ठको मुद्दा दर्ता भए पस्छात पक्राउ पुर्जी जारी भएको हो।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरे लगत्तै पक्राउ पूर्जी जारी गरिएको हो। अभद्र व्यवहार सम्वन्धि कसुर गरेको आरोपमा श्रेष्ठ विरुद्ध मुद्दा दर्ता भएको प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले बताउनुभयो । मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार सम्वन्धि कसुर अन्तर्गत् श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो । एसपी ओलीले बेहनाले ९ दिनअघि नै जाहेरी लिएर आएपनि आफूले मेलमिलापका लागि समय दिएको बताउँदै उहाँहरुबीच मेलमिलाप नभएपछि बेहनाको आग्रहमा आज मुद्दा दर्ता गरिएको बताउनुभयो। ‘बेहनाले मैले न्याय पाउने कि नपाउने भनेपछि आज अपरान्ह मुद्दा दर्ता गरिएको हो’, एसपी ओलीले भन्नुभयो । मुद्दा फाँटका इन्चार्ज प्रहरी निरिक्षक दिपक मल्लले पक्राउ पूर्जी जारी गरेको पुष्टि गर्नुभयो। श्रेष्ठका विरुद्ध मुद्दा दर्ता गर्नुभएका वडा नम्बर ४ का वडा अध्यक्ष बेहनाले पत्रकार श्रेष्ठले पटक पटक आफूलाई डर, धाक, धम्की दिई गैरकानुनी लाभ(फिरौती) लिएको साथै गत असारमा वडा कार्यालयभित्र प्रबेश गरी फिरौती माग गरेको बताउनुभयो । आफूले फिरौती दिन इन्कार गरेपछि सामाजिक सञ्जाल मार्फत् गाली गलौज, धम्की र अभद्र व्यवहार गरी प्रतिष्ठामा आँच आउने गरी गैरकानुनी रुपमा फोटो चोरी गरी सार्वजनिक गरेको आरोपमा मुद्दा दर्ता गरेको बताउनुभएको छ । मुलुकी अपराध संहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत् दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए १ बर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ को भाग ३ को बैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसुरको दफा २९६ मा अनुमति विना एकको तस्बीर अरुलाई दिन वा विक्रि गर्न नहुने, कसैले कुनै व्यक्तिको तस्बीर निजको अनुमति विना अरुलाई दिन वा विक्रि गर्न वा निजलाई झिझ्याउने वा सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्बीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद विक्रि गरेको प्रमाणित भए उक्त दफाको उपदफा २ को (१) बमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ बर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।
Advertisement