नेपालगन्ज कारागार धेरै जसो लागूऔषधका कैदीबन्दीले भरिदै
प्रकाशित मिति : २०७६, १० भाद्र मंगलवार १४:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज कारागार धेरै जसो लागूऔषधका कैदीबन्दिले भरिदै गएको छ।कुल दुई सय ५० क्षमताको कारागारमा क्षमताभन्दा धेरै लागूऔषध ओसार पसार र बेचविखन सम्बन्धि मुद्धामा सजाय भोगिरहेका र पुर्पक्षका लागि थुनामा रहेका कैदी थुनुवा भएको कारागारका निमित्त प्रमुख दीपेन्द्रप्रसाद पौडेलले बताए।
Advertisement
उनले कुल सात सय ३९ कैदी थुनुवा मध्ये दुई सय ८६ जना लागूऔषध सम्बन्धि मुद्धाका कैदी रहेको जानकारी दिए। उनले लागूऔषधसम्बन्धि एक सय २५ कैदी र एक सय ६१ जना थुनुवा भएको बताए । ति मध्ये १८ जना महिला कैदी थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ।
हरेक हप्ता एक जना लागूऔषध सम्बन्धि मुद्धाका थुनुवा र कैदी आउने गरेको पौडेलले जानकारी दिए। ‘लागूऔषध सम्बन्धि मुद्धाका कैदी र थुनुवाका कारण कारागारमा कैदी थुनुवाको संख्या दोब्बर भएको हो’, उनले भने । पौडेलका अनुसार, कारागारमा एक सय ३६ जना कर्तब्य ज्यान र सवारी ज्यान सम्बन्धि मुद्धाका कैदी–थुनुवा रहेका छन्।
९५ जना कैदी र ४१ जना थुनुवा भएको बताए। कारागारमा सजाय भोगिरहेका मध्ये जवरजस्ती करणी सम्बन्धि मुद्धामा सजाय खेपिरहेका कैदी–थुनुवाको संख्या पनि उल्लेख्य छ। १ भाद्रसम्म जवरजस्ती करणीका ६० कैदी र ३९ थुनुवा गरि ९९ जना रहेको कारागार प्रशासनले जनाएको छ।
कारागारमा मानव बेचविखन अभियोगमा सजाय भोगिरहेका कैदी र थुनुवाको संख्या पनि धेरै छ। मानव बेचविखनका १२ कैदी र २३ थुनुवाले कारागारमा बसेर सजाय भोगिरहेको निमित्त प्रमुख पौडेलले जानकारी दिए। उनका अनुसार, अपहरण तथा शरिर बन्धकका २३, वन सम्बन्धि २०, डाँका–चोरीका १९, ज्यान मार्ने उद्योगका १९, केहि सार्वजनिक अपराधका १४, हातहतियार तथा खरखजाना सम्बन्धि ६ र गौबधका सात तथा विविधका ६८ जना कैदी–थुनुवा नेपालगन्ज कारागारमा रहेका छन्।