किन फस्छन् दुव्र्यसनमा किशोरीहरु!
प्रकाशित मिति : २०७६, १० भाद्र मंगलवार १४:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
शुक्रऋषि चौलागाई/ नेपाल्गन्ज।एक किशोरीलाई लठ्ठ परेको अवस्थामा प्रहरीले नियन्त्रणमा लियो । रुपैडियाबाट फर्किरहेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रष्ट बोल्न नी गा¥हो भइरहेको अवस्थामा उनलाई प्रहरीले हिरासतमा लियो । सोधपुछमा पत्ता लाग्यो– कलेज पढ्ने उनी लागु औषधको लतमा लागीसकेकी रहिछन् ।
एक यूवतीले भारतीय महिलाको ३० हजार लुटीन्, प्रहरीले पक्राउ पनि ग¥यो । प्रहरीको केरकारपछि पत्ता लाग्यो –ति युवती लागु पदार्थ दुव्र्यसनीसँगै एचआइभी संक्रमित पनि रहिछन् । लुटिएको पैंसा प्रहरीले ति महिलालाई नै फिर्ता गरायो । यूवतीलाई भने कारवाहीको साटो सम्झाई बुझाई गरेर छोडीदियो । यो घटना जयसपुरको होे ।
Advertisement
यि दुवै घटनाले बाँकेमा लागु पदार्थको प्रयोग र यसको स्वरुप चित्रण गर्छ । मानव सभ्यताकै कलङ्कका रुपमा कहलीएको ‘लागु पदार्थ कारोवार र दुव्र्यसन’ लाई कानूनले प्रतिवन्ध गरेको छ । नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र पाँच लाखसम्म जरिवानाको कानुनी प्रावधान छ । तर पनि लागु् पदार्थको प्रयोग र कारोबार कुनै न कुनै रुपमा बढेको बढ्यै छ । पारिवार र समाज मात्र हैन, राष्ट्रकै लागि टाउको दु्खाईको विषय बनेको लागु पदार्थ दुव्र्यसन विस्तारै बढदो अवस्थामा छ । यो आलेखमा लागु्पदार्थको विविध पाटो केलाउने प्रयास गरिएको छ ।
डरलाग्दो अवस्था र समस्या
लाुग पदार्थ दुव्र्यसनको डर लाग्दो अवस्था छ । लागु पदार्थ विषय एक भएपनि यसले निम्त्याउने समस्याहरु अनेक छन् । लागु पदार्थको ओसार÷पसार, कारोवार र प्रयोग विरुद्ध प्रहरी क्रियाशिल छ । लागु औषध कारोवार रोकथाम, नियन्त्रण र दुव्र्यसन विरुद्ध सचेतनाका विभिन्न कार्यक्रम÷अभियान पनि चलाइएको छ । बाँकेमा आधा दर्जन बढी संघ संस्थाले लागु पदार्थ प्रयोग विरुद्ध परामर्श, दुव्र्यसनीको पहिचान, उद्धार एवं पुनस्थापना लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छन् तर पनि लागु औषध कारोवार र प्रयोगकर्ताको संख्यामा कमी आएको छ्रैन । केही वर्ष अघिसम्म सीमित परिवेशमा हुने लागु पदार्थको प्रयोग, ओसार पसार र नकरात्मक गतिवीधि एवं असर भुसको आगो झैं फैलिदै गइरहेको छ । नेपालगञ्ज क्षेत्रका दुव्र्यसनीको बजार रुपैडिया, बाबागञ्ज, नानपारा हो ।
नेपालगन्जबाट सीमापारी गएर ड्रग्स सेवन गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । सम्पन्न परिवारका छोरा छोरी पनि लागुऔषध दुव्र्यसनको लतमा फसेका छन् । नेपालगञ्जका प्लस टु पढ्ने कयौं युवायुवतीहरु लागुऔषधको दुव्र्यसनमा फस्दै गएको प्रहरीले जनाएको छ । बाँकेमा पछिल्लो समयमा महिला दुव्र्यसनी पनि बढदै गएका छन् । जिल्लामा पाँच सय महिला विशेषतः(किशोरी) दूव्र्यसनी रहेको लागु पदार्थ दुर्वसन विरुद्ध क्रियाशिल संस्थाहरुको भनाइ छ । प्रहरीकाअनुसार लागु पदार्थमा फसेका व्यक्तिहरुबाट अपराध हुन सक्ने सम्भावना पनि अत्यधिक रहन्छ ।
लागु्पर्दाथ प्रयोगले परिवारको खु्सी लु्टीएको छ । प्रयोगकर्ता स्वयं ब्दनाम हु्नु्का साथै नारकीय जीवन जीउन बाध्य हु्नु् परिरहेको छ । पछिल्लो उपलव्ध जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता मुद्धा मध्य ६० प्रतिशत भन्दा बढी लागु पदार्थ सम्वन्धी मात्र छन् । प्रहरीको लागु औषध व्यूरोकै अनुसार लागुऔषध कारोवारका लागि नेपालगन्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ । प्रतिमहीना औसत ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुव्र्यसनीमा संलग्न व्यक्ति पक्राउ पर्छन् । लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्री भन्छन्– ‘जब एउटा व्यक्ति लागुऔषधमा फस्छ, त्यसलाई सामान्य अवस्थामा पनि दैनिक रु ५ सयको डोज आवश्यक पर्छ ।’
यसलाई आधार मान्ने हो भने एउटा दुव्र्यसनकर्तालाई उसको सामान्य डोजका लागि मासिक १५ हजार रुपैयाँ खर्च हुन्छ । यो हिसावले हेर्ने हो भने कम्तिमा पनि वार्षिक ३० देखि ४० करोडसम्मको लागु औषधको कारोवार हुन्छ । विश्वमा अहिले भईरहेको अपराधिक क्रियाकलाप मध्ये ६० प्रतिशत भन्दा बढि लागु औषध दुव्र्यसनीका कारण हुने गरेको तीतो यार्थाथ हाम्रो सामु विद्यमान छ । विश्वमा हरेक वर्ष ३ सय २२ विलियन अमेरिकी डलर बराबर लागु औषधको खरिद विक्रि हुने गरेको र हरेक वर्ष १ करोडको ज्यान यसैको कारणले जाने गरेको छ ।
तथ्याङ्कमा लागूऔषध
नेपालगन्जमा मात्र हैन, विश्वभर लागु्पदार्थ दु्व्र्यसनीको संख्या बढदो छ । बाँकेमा हरेक वर्ष लागु औषधको कारोवार बढ्दो क्रममा रहेको विभिन्न तथ्यले पनि प्रष्टयाउँछ । बाँके प्रहरीले ०७४÷०७५ मा लागु औषध प्रयोग र कारोवारमा सामेल एक सय ८९ जना पक्राउ ग¥यो भने एक सय ३७ वटा मुद्धा दर्ता ग¥यो । ०७५÷७६ मा दुई सय ७३ जनालाई पक्राउ ग¥यो भने दुई सय ४९ जना विरुद्ध अदालतमा मद्धा चलाएको छ । यो तथ्यले लागु पदार्थको कारोवार र दुव्र्यसनको विकराल रुप देखाउँछ ।
लागु पदार्थका दृष्टिकोणले बाँके जिल्ला सम्वेदनशिल र खतरापूर्ण छ भन्ने कुरा विभिन्न घटनाक्रमले पनि प्रष्टयाएको छ । यस क्षेत्रमा ब्राउनसुगर, चरेश, अफिम, नाइट्रोजन, कोरेक्स प्रयोग भइरहेको छ भने डायजीपाम, एलपराजोलम, फेन्सिडील जस्ता औषधीहरु पनि नशाको रुपमा दुरुपयोग गरिदै आइएको छ ।
अवैध लागु पदार्थको भन्डारण, विक्रि वितरण, ओसार पसार तथा प्रयोग सम्वन्धी बढ्दो चलखेल नियन्त्रण सुरक्षा निकायका लागि पनि चुनौती बन्दै गइरहेको छ । केन्द्रीय तथ्यांक विभागको सर्वेक्षण अनुसार– नेपालमा ९१ हजार पाच सय ३४ लागु औषध दुव्र्यसनी रेहका छन् । ८१।२ प्रतिशत २० वर्षमुनीका किशोर कुलतमा फसेका छन् भने ३६ हजार नौ सय ९८ काठमाडौमा मात्र दुव्र्यसनी रहेका छन् । ७८।६ प्रतिशत साथीभाईको करकापमा कलुतमा संलग्न हुने गरेको पाइएको छ भने ५८।५प्रतिशत उत्सुकता मेटने प्रयासमा कुलतमा संलग्न भएको देखीएको छ । १९।९ प्रतिशत पारिवारिक कारणले कुलतमा संलग्न रहेका छन् । एक रेकर्डअनुसार नेपालगञ्जमा मात्र पाचदेखि सात हजार लागुपदार्थ दुव्र्यसनी रहेका छन्
एक अनुसन्धान अनुसार विश्वभरी २७ करोड मानिसहरू लागु औषधको ओसार पसार र दुव्र्यसनका कारणले पीडित र प्रभावित भएका छन् । विश्वको कूल ग्रार्हस्थ उत्पादकको १ प्रतिशत बजेट लागु औषधका कारोवार गर्ने व्यक्तिले खेलाई रहेको तथा कूल बजेटको ०।७ प्रतिशत बजेट लागु औषधका तस्करहरूले परिचालन गरिरहेको कुरा विभिन्न अन्तर्रा्ष्ट्रिय प्रतिवेदनमा उल्लेख छ । विश्वका १७ करोड व्यक्तिहरु ड्रग्स दुव्र्यसनमा फसिसकेका छन् । नेपालमा अहिले २ लाख भन्दा बढी नेपालीहरू लागु ओषधको कूलतमा फसेका छन् । ती मध्ये ८० प्रतिशत ७ कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी रहेका छन् । यसमा युवतीहरूको संख्या ४० हजार रहेको छ ।
कसरी फस्छन् दुव्र्यसनमा
लागु पदार्थ दुव्र्यसनमा फस्नु्का पनि अनेक कारण छन् । चुरोट, खैनी, सुर्ती रक्सी, गाँजा खाने बानीबाट लागु पदार्थ दुव्र्यसनमा फस्ने गरेको पाइन्छ । अधिकांश व्यक्ति साथीभाइको लहलहैमा लागु पदार्थ दुव्र्यसनमा फँसेको पाइन्छ । सेवनपछि कस्तो हुँदोरैछ भन्ने उत्सुकता÷कौतुहलता मेटाउन खोज्दा पनि लागु् पदार्थको लतमा परेको पाइन्छ । बेरोजगारी, गरिबी, असफलता र पारिवारिक कारणले पनि त्यसतर्फ लाग्न बल पु¥याएको मानिन्छ । लागुपदार्थ दुव्र्यसनीले ठूलो युवा जमातलाई विशाक्त बनाउँदै लगेको छ । लागु औषधको लतमा अहिले किशोरीहरु पनि फस्ने गरेको पाईएको छ । बाँके जिल्ला ख्ुला ९भारतीय० सीमासँग जोडीएका कारण पनि सहजै सीमा पारि जान सकिने हु्न्छ । नेपालगञ्जसँगै जोडिएको रुपैडिया बजारमा लागु औषध सहजै उपलव्ध हुनुले पनि दुव्र्यसनीलाई थप सहज भएको छ । खुला सीमा, खुकुलो चेकजाँचका कारण नेपालगञ्जमै पनि लागुऔषधको सहजै प्रयोग र कारोवार हुने गरेको सम्वन्धित क्षेत्रमा काम गर्नेहरुको बुझाइ छ ।
विद्यालयतहका किशोरकिशोरीहरु पनि लागू औषधको कुलतमा फस्ने गरेको पाईएको छ । खराब साथीभाईको संगत, आमाबाबुले छोराछोरीलाई पर्याप्त समय दिन नसक्दा र कम वास्ता गर्दा पनि युवा तथा बालबालिकाहरु दु्व्र्यसनमा पर्ने गरेका छन् । यस्तै लागु पदार्थ सजिलै उपलब्ध हुने हुँदा समेत यसको प्रयोगमा वृद्धि आएको छ । लागु पदार्थको खराब असर बारे प्रयाप्त जानकारी नहुँदा समेत युवा तथा बालबालिकाहरु लागुपदार्थको लतमा पर्ने गरेका छन् । यस्तै लागु् पदार्थलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गनुर््, तनाव कम गर्ने बहानामा यसको प्रयोग गर्न खोजीनु्ले पनि बढावा दिएको छ । पारिवारिक बिखण्डनबाट एक्लोपन हु्ँदा त्यसबाट मु्क्ती पाउन९क्षणीक० लागु्पर्दाथ रोज्नु्ले पनि कयौ यूवा यूूवतीहरु सो दलदलमा भासीएका छन् । बेरोजगार, अशान्ति, द्वन्द्वले गर्दा पनि यूवाहरु लागु पदार्थको कूलतमा फसिरहेका छन् । वर्षेनी पाँच सय जतीलाई नेपालगञ्जका सुधार गृहले ‘सुधार’ गरेपनि बिग्रनेको अवस्था त्यो भन्दा बढि छ । सुधारगृहमा पुगेका मध्ये १० प्रतिशत मात्र सुध्रिने सम्वद्धहरुको भनाई छ ।
चु्नौती नै चु्नौती
लागु पदार्थ रोकथाम र नियन्त्रणका अनेकौं चु्नौती छन् । लागु पदार्थ रोकथाम र नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको नै हो तर पनि सरकार गम्भिर बन्न सकिरहेको छ्रैन । लागु्पदार्थको सवाल र समस्या केवल सरकारको मात्र होइन, यो सवाल हाम्रो पनि हो । लागु पदार्थ दुव्र्यसन तथा यससँग सम्वन्धित चु्नौती र जोखिमहरु थु्पै्र छन् । लाग्ु पदार्थ नियन्त्रण तथा न्यूनीकरणका लागि केही व्यक्ति र सामाजिक संघ संस्था क्रियाशिल पनि छन् । तर ति निजीस्तर र दातृ निकायबाट सञ्चालित भएकाले तिनको कार्यक्रम र क्षेत्रको सीमीतता छ । तर पनि प्रयास जारी छ । विशेषतः प्रहरीले लागुऔषधको बढ्दो कारोवारलाई नियन्त्रण गर्ने प्रयास थालेको छ । त्यसका बाबजुत पनि लागुऔषध दुव्र्यसन भयावह बन्दै गएको प्रहरीको श तथ्याङ्कले देखाउँछ ।
विगतको तथ्याङ्क केलाउने हो भने पनि वर्षेनी लागुपदार्थ दुव्र्यसनीकर्ता बढ्दो छन् । यस क्षेत्रमा आउने अधिकांश लागुऔषध भारतमा उत्पादन हुने भएकाले पारिबाटै आउने गरेको छ । लाग्ु औषध प्रयोगकर्ताहरु स्वयं रुपैडिया पु्गेर पनि लागु् पदार्थ प्रयोग गर्ने र ओसार्ने पनि गर्दछन् । पछिल्लो समय बालबालिका र युवतीहरु पनि लागुऔषधको लतमा फस्न थालेपछि थप चुनौति बढेर गएको छ । कीशोरीहरु खु्लेर सार्वजनिक नहु्ने भएकाले थप समस्या भएको छ । लागु् पदार्थको लतमा भएपनि परिवारले थाहा पाएर पनि लु्काउने प्रयास गरिरहेका छन् । लतमा फसेकी छोरीलाई अभीभावकले सु्धार गृह पु्¥याउन मानीरहेका छैनन् । जसका कारण थप समस्याहरु निम्तीन सक्ने सम्भावना पनि रहन्छ । पुरुषका लागि थु्प्रै सुधारगृह भएपनि महिलाका लागि नेपालगन्जमा एउटा मात्र सुधारगृह छ ।
लागु पदार्थ दु्व्र्यसन विरुद्ध नेपालगन्जमा आधा दर्जन सुधारगृह छन् । ति सुधार गृहमा झण्डै डेढ सय बढीको नियमित परामर्श, उपचार भइरहेको छ । सुधारगृहमा राखेर उपचार गरिएकाहरु पनि पु्नः लागुऔषधको दुव्र्यसनमा फर्कने गरेका छन् । सहारा हाउसका अध्यक्ष अभिराज क्षेत्री भन्छन् –‘दुव्र्यसनीको लतमा फँसेकालाई पुरानै अवस्थामा फर्काउन कम्तिमा ६ देखि २४ महिना सम्म लाग्छ तर हामीले दुई तीन महिना मात्र उपचार गर्न पाएका छौं ।’
अभिभावकको आर्थिक अवस्थाले थेग्न नसक्ने र दुव्र्यसनीकर्ता पनि बस्न नरुचाउने भएपछि पुनरावृत्ति भएको हो । पुरा अवधि उपचार गर्न सकियो भने दुव्र्यसनीको लतबाट छुटकारा दिलाउन सकिने उनको अनु्मान छ । पछिल्लो समय प्रहरीले बाध्यात्मक परिस्थिति बाहेक पक्राउ गरेर जेल हाल्ने भन्दा पनि काउन्सिलिङ गरेर लागू पदार्थ दुव्र्यसन नियन्त्रणको पहल थालेको छ तर पनि चु्नौती भने एक पछि अर्को थपीदै गएका छन् ।
रोकथाम र न्यूनीकरण
लागु पदार्थ दुव्र्यसनबाट मुक्त हुन कठिन भएपनि असम्भव भने छैन,m यसकालागि इच्छाशक्ति चाहिन्छ । मनोवैज्ञानिक ढंगबाट दुव्र्यसनीलाई हरेचाह, सहयोग उपचार हुन जरुरी हुन्छ । पुर्व लागु पदार्थ प्रयोगकर्तालाई विभिन्न शिप विकास, क्षमता अभिवृद्धि तथा आयमुलक तालिमका माध्यमद्धारा सक्षम योग्य र सबल वनाइ स सम्मान जीवनयापनको वाताबरण बनाउन सके सकरात्मक सन्देश गई पुनः प्रयोगको दरमा कमी आउन सक्ने अनुभवीको बुझाई छ । सरकारले सर्वप्रथमतः लागु औषध ओसार पसार, कारोवार र प्रयोगलाई रोक्न प्रभावकारी कानूनी प्रावधानको व्यस्था गरि कार्यान्वयनको तदारुकता देखाउन जरुरी छ । लागु पदार्थको उच्च जोखीममा रहेका समुदाय र वर्ग लक्षित कार्यक्रम सरकारले ल्याउन आवश्यक छ । लागु पदार्थ विरुद्ध सरकारले सूचना, शिक्षा र सचेतनाका कार्यक्रम÷अभियान सञ्चालनमा ल्याइनुपर्छ ।
लागु पदार्थ कारोवार नियन्त्रण गर्न प्रहरीको भन्दा नागरिकको भूमिका सशक्त र प्रभावकारी हुने हुँदा नागरिकको सहयोग सरकारले लिन सक्नुपर्छ । लागु औषधजस्ता गम्भीर समस्या समाधान गर्न अनुसन्धान छानविन, परीक्षण मुद्धा दायरसम्बन्धी विशेष ब्यवस्था गर्न आवश्यक छ । लागु औषध परीक्षण गर्ने, विशेषज्ञ तयार पार्ने, लागु औषधसम्बन्धी अपराध अनुसन्धान गर्न छुट्टै निकाय खोल्ने जस्ता उपायहरु अपनाएर लागुऔषध प्रयोगलाई न्यूनीकरण गर्न सकिन्छ ।स ाथै सरकारका तर्फबाट लागु औषध पाइने स्थानै(श्रोत) बन्द गर्ने, लागुऔषध ओसार पसार र कारोवारमा कडाइ गर्ने, दुव्र्यसनीको पहिचान र उपचार गर्ने, कारोवारीलाई कारवाही तथा व्यापक शिक्षा÷सचेतनाका अभियान सञ्चालन गरिनुपर्छ ।
सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना छोराछोरीलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरुलाई समाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला संस्कृति, नृत्य, संगीत, खेलकुद आदिसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्दछ । लागु पदार्थलाई सवैको साझा मुद्या बनाई यसका विरुद्ध अभियान अगाढी बढाउन आवश्यक छ । समय घर्की सकेको छ । तसर्थ लागु पदार्थ दुव्र्यसन विरुद्ध सवैको साझा पहलको विकल्प छैन ।