डुडुवा गाउँपालिकाद्धारा अपाङ्गता भएका ‘ग’ र ‘घ’ वर्गलाई सुविधा प्रदान
प्रकाशित मिति : २०७६, १० भाद्र मंगलवार १८:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हो । गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरी परिचय पत्र वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उक्त समितिमा अहिलेसम्म करिब १३० बढीले परिचय पत्रका लागि निवेदन दिएका छन् । निबेदन मध्ये चालू आर्थिक वर्षको साउन महिनामा मात्रै ११० जनालाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार ‘क’ वर्गका १७ जना, ‘ख’ वर्गका २४ जना, ‘ग’ वर्गका ३२ जना र ‘घ’ वर्गका ३७ जना रहेका छन् । अहिलेसम्म नेपाल सरकारले ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गतालाई मात्र सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । ‘क’ र ‘ख’ बाहेक ‘ग’ र ‘घ’ श्रेणीका अपाङ्गता भएकालाई गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७६।०७७ देखि क्रमशः रु ५०० र रु.४०० उपलब्ध गराउन थालेको समितिका संयोजक उपाध्यक्ष बानोले बताउनुभयो । आज एक कार्यक्रमका बीच २ जनालाई परिचय पत्र वितरण गरिएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि ‘क’ श्रेणीका अपाङ्गता भएकालाई रु. ३ हजार र ‘ख’ श्रेणीकालाई रु. १ हजार ६०० उपलब्ध गराउनेछ।
Advertisement