अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री हुँदा मर्कामा परेका छौ: ब्यापारी
प्रकाशित मिति : २०७६, १० भाद्र मंगलवार २२:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। अवैध सामानको आयात नियन्त्रण गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा त्यसक्षेत्रमा व्यवसायीले मंगलवार नेपालगञ्ज भञ्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखसंग भेटेका छन् । अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री बितरण गर्दा बैधरुपमा कर तिरेर ब्यापार गरिरहेकाा आफुहरु मर्कामा परेको व्यवसायीको गुनासो छ ।
Advertisement
तुलसीपुरबाट आएका व्यवसायीले भञ्सार प्रमुख शान्तीराम निरौला, नेपाल प्रहरीका जिल्ला प्रमुख बिरबहादुर ओली, सशस्त्र प्रहरीका प्रमुख दिपक अधिकारी लगायतसंग भेटका थिए । व्यवसायीलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले साथ दिएका थिए ।
भञ्सार प्रमुख निरौलालाई ज्ञापनपत्र बुझाउँदै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले अवैधरुपमा भित्रिने सामान बजारमा पुग्दा कर तिरेर व्यापार गरिरहेका व्यवसायी धरासायी हुन पुगेको बताए । उनले भने,–‘तस्करीका सामान गाउँसम्म पुगेको छ । त्यसरी बजारमा गएको सामान सस्तोमा पाईन्छ । हामी कर तिर्छौ महङ्गो भइहाल्ने भयो । तस्करीको सस्तो सामान किन्ने ग्राहकले उल्टो हामीलाई ठग भन्ने अवस्था आयो ।’ तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठले तस्करी नियन्त्रणका लागि सघाउने प्रतिवद्धता जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अवैध काम गर्ने व्यवसायीलाई कहिल्यै प्रोत्साहन नगरिएको बताए । उनीहरुले अवैध सामानको नियन्त्रण गर्नका लागि आफुहरुले पनि अभियान चलाएको जानकारी गराए । केन्द्रीय सदस्य श्रेष्ठले भने,–‘एकाध व्यक्तीले बदमासी गरेको छ भने त्यस्तालाई कारवाही गर्न हामी रोक्दैनौ ।’
भञ्सार प्रमुख र प्रहरी निकायका प्रमुखले अवैधरुपमा भित्रिने सामान कुनै पनि व्यवसायीले खरिद गर्न नहुने तर्फ सचेत रहन आग्रह गरेका छन् । अन्यथा बिभिन्न माध्यमबाट तस्करी नियन्त्रणको काम भइरहेको उनीहरुको दावी छ । दाङ लगायत राप्ती अन्चलको प्रमुख पनि नेपालगञ्ज नै भएकाले त्यहाँका व्ययवसायीहरु यहाँ आएका हुन ।