मृगौला फेल भएका दर्जीलाई वडाध्यक्ष बेहनाको सहयोग
प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार १३:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले दुबै मृगौला फेल भएका बाँके खजुराका अमित दर्जीलाई आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष बेहनाले दर्जीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । पैसाको अभावले उपचार गर्न नसकिरहेको समाचार बाहिर आएपछि आफूले आज दर्जीका आफन्तलाई वडा कार्यालयमा १० हजार रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष बेहनाले बताउनुभयो । उहाँले आफु सधै इमान्दारीताको बाटोमा हिडेेको र आफुले अप्ठ्यारोमा परेर स्वास्थ्य सेवा पाउन बाट बन्चित भइरहेका लाई सहयोग गर्न तयार रहेको बताउनु भयो। आफू वडा अध्यक्ष मात्र नभई जनताको सेेवक भएको अध्यक्ष बेहनाले बताउनु भयो।
Advertisement