सुर्खेत हुँदै दैलेखसम्म लैजाने क्रममा केही गाईहरु नियतबस मारिएको हैन: नेपालगन्ज उपमहानगरपालिका
प्रकाशित मिति : २०७६, १३ भाद्र शुक्रबार १८:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।सिमामावर्ती भारतीय क्षेत्र समेत बाट दैनिक रुपमा भित्रिने छाडा पशु चौपायका कारण नेपालगञ्ज क्षेत्रमा दैनिक जसो सवारी दुर्घटना भईरहेको र किसानको बालीनालीमा क्षति पुगिरहेको अवस्था छ । यसरी भित्रिने पशुहरु अधिकांश रोगी, वृद्ध, अशक्त, घाईते अवस्थाका हुने भएका कारण आफै र उपचारको क्रममा समेत मर्ने गरेका र मृत्यू पश्चात समेत उचित व्यवस्थापन गर्ने गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुको उचित व्यवस्थापनको लागि नेपालगन्ज उपमहानगरपालिका २१ स्थित पुरैनामा कान्जीहाउस निर्माण गरिरहेको छ । काञ्जिहाउसको निर्माण कार्य सम्पन्न नहुँदा सम्मको लागि सोही स्थानमा अस्थायी रुपमा छाडा पशु चौपायाको संरक्षण र उचित व्यवस्थापनको लागि सोही स्थानमा पशु प्राविधिक सहित थप अन्य ५ जना कर्मचारीहरु खटाईएको छ ।
एकातिर काञ्जिहाउसमा क्षमता भन्दा बढि पशु चौपाया राख्नु पर्ने बाध्यता त छदैछ भने अर्कोतर्फ सडकमा त्यत्तिकै मात्रामा छाडा पशु चौपाया भेटिनु यो नगरको ठूलो चुनौतीको विषय बनेको छ । यसको समाधानका लागि संघ, प्रदेश, स्थानीय तह, नागरिक समाज, सामाजिक संघसंस्था, धार्मिक संघसंस्था लगायतका सरोकारवालाहरु संग गम्भीर रुपमा छलफल भई रहेको व्यहोरा समेत नेपालगन्ज उपमहानगरपालिकाले जानकारी गराएको छ।
नेपालगन्जको कान्जिहाउसमा रहेका छाडा पशु चौपायाहरुलाई सुर्खेत हुँदै दैलेख सम्म लैजाने क्रममा केही पशु चौपायाहरु मरेको भन्ने विषयमा विभिन्न सन्चार माध्ययम तथा सामाजिक सन्जालहरु मार्फत सार्वजनिक भएका समाचारहरु प्रति उपमहानगरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुर्खेतको कटकुवा सम्म ट्रकमा र त्यहाँबाट पैदलै दैलेखको श्रीस्थान समेतका क्षेत्रमा पु¥याउने क्रममा केही पशुचौपायको मृत्यु हुन गएको भन्ने जानकारी आएकोले पशु चौपायहरुको अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा यथार्थ छानविनका लागि प्रशासनसँगको समन्वयमा छानविन समिति गठन गरिने उपमहानगरपालिकाले जानकारी दिएको छ ।
छाडा पशु चौपायाको उचित व्यवस्थापनको लागि सर्वदलीय सर्वपक्षीय बैठकहरुबाट पशुधनी, संघसंस्था, व्यक्ति लगायतलाई निःशुल्क रुपमा पालन पोषणका लागि उपलब्ध गराउने निर्णय गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कान्जिहाउसमा पशु चौपायाको संख्यामा कमी आउन सकेको छैन् । पशु चौपायाका कारण दिनहु जसो हुने सवारी दूर्घटनाको न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि छाडा पशु चौपायाको सुरक्षित स्थानमा स्थानान्तरण अत्यावश्यक रहेकाले स्थानीय प्रशासन समेतको समन्वयमा कान्जिहाउसमा रहेका छाडा पशु चौपायालाई सुर्खेत हुँदै दैलेख जिल्लाको सुरक्षित स्थानमा पुर्याउने पवित्र उद्देश्य बमोजिम सुरक्षित साथ छाडा पशु चौपायालाई पठाईएको उपमहानगरपालिकाले जानकारी दिएको छ।नेपालको संविधान अनुसार, गाई राष्ट्रिय जनावर भएको, हिन्दु धर्मावलम्बीहरुले माताको रुपमा पुजा र सम्मान गर्ने भएकाले गाई लगायत अन्य पशुको उचित संरक्षण र व्यवस्थापनका लागि उपमहानगरपालिका सदैव सचेत र संवेदनशिल रहदै आएको छ ।
छाडा पशु चौपाय ब्यवस्थापन सम्बन्धि चुनौतीलाई सम्बोधन गर्नका लागि सम्पूर्ण नागरिक समाज, सामाजिक तथा धार्मिक संघ संस्था, संचारकर्मी, स्थानीय, प्रदेश तथा संघीय सरकार समेतको समन्वय र सहकार्यका लागि उपमहानगरपालिका सबैमा हार्दिक अपिल गरेको छ।
Advertisement