महानगरीय प्रहरी बृत बौद्धको नेतृत्व सम्हाल्न पुगे डीएसपी सिंह
प्रकाशित मिति : २०७६, १४ भाद्र शनिबार १०:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।महानगरीय प्रहरी बृत बौद्धको नेतृत्व सम्हाल्न पुगेका छन् अपराधलाई जरै देखि उन्मुलन गर्ने अभियानमा लागेका डिएसपी रमेश बहादुर सिंह । प्रहरी प्रधान कार्यालयले शुक्रबार राती बौद्धका डीएसपी नरेन्द्र चन्दलाई महानगरीय प्रहरी प्रहरी कार्यालय रानीपोखरी सरुवा गर्दै डीएसपी रमेशबहादुर सिंहलाई बौद्ध बृत प्रमुखको जिम्मेवारी दिएको हो।
Advertisement
डीएसपी सिंह बाँकेको इलाका प्रहरी कार्यालयमा आफ्नो एक बर्षको कार्यकाल पूरा गरि कोहलपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका थिए। प्रहरीमा निडर तथा व्यावसायिक अधिकृतको छबि बनाएका उनलको कार्यको उच्च कदर गर्दै उनलाई पुनः महानगरीय प्रहरी बृत बौद्धको नेतृत्व सम्हाल्न पठाईएको छ।
कोहलपुरमा आपराधिक संजाल तोड्दै अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन गरेका उनलाई आइजिपी सर्वेन्द्र खनालले प्रोत्साहन स्वरुप बौद्ध पठाएको चर्चा छ। बाँकेको कोहलपुरमा डीएसपी सिंहको नाम निकैचर्चित बनेको थियो। उत्कृष्ट कार्य गरेका सिंहले बाँकेमा थुप्रै पुरुस्कार र सम्मान समेत ग्रहण गरिसकेका छन्।