पर्यटन मन्त्री योगेश भट्टराई कांग्रेस सभापति देउवा निवासमा
प्रकाशित मिति : २०७६, १४ भाद्र शनिबार १४:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर मन्त्रालयका काम र प्रगतिको विवरण सुनाएका छन् ।
Advertisement
शनिबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका मन्त्री भट्टराईले पर्यटन मन्त्रालय सम्हालेपछि मन्त्रालयका तर्फबाट भएका काम, मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताएका छन् ।
मन्त्री भट्टराईले सुनाएका मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा सुनाएका कुरा सभापति देउवाले अभिरुचिका साथ सुन्नुका साथै पर्यटन मन्त्रालयले गर्नुपर्ने कामका विषयमा महत्त्वपूर्ण सल्लाह सुझाव दिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
मन्त्री भट्टराईको यो कदम स्वागतयोग्य रहेको भन्दै सामाजिक सञ्जालमा तारिफ गरिएको छ ।