नेपालगञ्जमा रामलीलाको तयारी
प्रकाशित मिति : २०७६, १४ भाद्र शनिबार २२:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।नेपालगञ्जमा यस पाली पनि रामलीला सञ्चालन गरिदैछ । प्रत्येक वर्ष झैं विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन गरिने भएको हो । असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज– १३ बाँके बगियामा असोज १२ गतेदेखि रामलीला प्रारम्भ हुनेछ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५२ औं वर्षमा प्रवेश गर्दैछ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन विभिन्न उप समिती निर्माण तथा जिम्मेवारी दिइएको छ । रामलीला सञ्चालक समितिका अध्यक्ष श्याम सुन्दर कानोडियाको अध्यक्षतामा आज बसेको बैठकले तयारी स्वरुप ६ वटा समिती निर्माणका साथै थप आवश्यक निर्णयहरु गरेको छ ।
सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्यका अनुसार– कार्यालय तथ सचिवलालय व्यवस्थापन, अर्थ संकलन, प्रचार प्रसार, मञ्च निर्माण र व्यवस्थापन, दर्शक व्यवस्थापन, मञ्च कार्यक्रम सञ्चालन उप समिती निर्माण लगायतका निर्णय गरिएका छन् । साथै वैठकले एम्वुलेन्स सञ्चालनका लागि भारतीय राजदुतावाससँग माग गर्ने निर्णय पनि गरेको छ । रामलीला सञ्चालनका लागि आवश्यक समन्वय र सहकार्यको काम शुरु गरिसकिएको अध्यक्ष कानोडियाले जानकारी दिनु भयो ।
Advertisement