कृष्णसार एफएमको नाचौं तीजको सिजन ७ को फाइनल आज नेपालगन्जको सुनाखरीमा
प्रकाशित मिति : २०७६, १५ भाद्र आईतवार १२:००
सम्पर्क ठेगाना
संस्कृति मिडिया नेटवर्क प्रा.लि.
नेपालगन्ज उपमनपा-१०,बाँके
५ नं. प्रदेश, नेपाल
फोन 9851148119
प्रकाशक : गौरब गिरी
सम्पादक : नवीन गिरी
दर्ता नं. : १३०५/०७५-७६
भ्याट नम्बर : 606861069
भदौ ९ गते बर्दियाको मधुवनमा भएको पहिलो अडिसनवाट ५ जना, बर्दियाकै गेरुवामा १० गते भएको अडिसनवाट ५ जना, ११ गते बाँकेको खजुरामा भएको अडिसनवाट ११ जना र बाँकेकै बैजनाथ गाउँपालिकामा शनिबार भएको अडिसनवाट ७ वटा गरी २८ समूह फाइनलका लागि छनोट भएका छन् ।
बैजनाथ अडिसनमा विद्यालय, क्लब गरी १८ वटा समूहको सहभागिता थियो । बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले अडिसनमा पहिलो हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
बैजनाथ अडिसनमा नृत्य निर्देशक कुलमान नेपाली र नरेन्द्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । नेपालगन्जको वीपी चोकस्थित सुनाखरी रेष्टुरेण्टमा आइतबार १ बजे नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट फाइनल प्रतियोगिता शुरु हुनेछ । छनोट चरणमा १० हजारसम्मको नगद पुरस्कार वितरण गरिएको छ भने फाइनल प्रतियोगितामा ५० हजार रुपियां सम्मका नगद पुरस्कार राखिएको एफएमले जनाएको छ ।
तीज नृत्यमा निष्पक्ष मुल्याङ्कन होस् भनेर राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त कलाकारहरुलाई निर्णायकमा राखिएको छ । यस पटक पनि चर्चित नृत्य निर्देशक कुलमान नेपाली मुख्य निर्णायकमा रहनु भएको छ ।
नेपाली महिलाहरुको महान चाड तीजको संरक्षण संगै नृत्य क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले नाचौं तीज प्रतियोगिता नियमित रुपमा गरिरहेको एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले जानकारी दिनु भयो । नियमित सञ्चार कर्मका साथै कला क्षेत्रमा छरिएर रहेका प्रतिभाहरुको खोजी गरी उनीहरुमा भएको क्षमता प्रस्फुटनमा भूमिका खेल्न मिडियाबाट सकेको कोशिस गरिरहेको अधिकारीको भनाइ छ ।
Advertisement