धमिलो पानीमा माछा मार्ने काम नगरौंः मन्त्री राई
प्रकाशित मिति : २०७६, १५ भाद्र आईतवार १४:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति नगरी हातेमालो र सहकार्य गर्नुपर्ने बताउनुभएको छ । नेपालगञ्जमा आज विहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले पछिल्लो समय विकासमा राजनीति गर्ने प्रबृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै विकासका लागि हातेमालो गर्न सबैसंग आग्रह गर्नुभयो । ‘विकासमा हातेमालो गरौं, द्विविधा र मतभिन्नता छ भने हल गरेर अघि बढौं तर अनावश्यक हल्ला फिंजाएर धमिलो पानीमा माछा मार्ने काम नगरौं,’ मन्त्री राईले भन्नुभयो । नेपालगञ्जलाई देशकै नमुना शहर बनाउने योजना स्वरुप आफूले काम गरिरहेको बताउँदै उहाँले भेरी अस्पताल र नेपालगञ्ज विमानस्थलको स्तरोन्नति, बाटोघाटो तथा पूर्वाधार विकास, औद्योगिक कोरिडोर र प्राविधिक विश्वविद्यालय स्थापनाका निम्ति आफू निर्वाचित भएदेखि नै लागिपरेको बताउनुभयो । ‘प्राविधिक जनशक्ति उत्पादनका लागि नेपालगञ्जमा प्राविधिक विश्वविद्यालयको अझ बढी आवश्यकता देखिएको छ, त्यसका लागि पनि म प्रयासरत छु,’ मन्त्री राईले भन्नुभयो । बाँकेको विकासका निम्ति चालू आर्थिक बर्षमा ३ अर्वका योजना तत्काल कार्यान्वयन हुने अवस्थामा रहेको जानकारी दिँदै उहाँले विभिन्न धार्मिक स्थल एवम् क्षेत्रहरुको विकासका लागि पनि यथेष्ट बजेट विनियोजन भएको बताउनुभयो । नेपालगञ्जको कान्जी हाउसबाट दैलेख लैजाँदै गरिएका गाईगोरु सुर्खेतको जंगलमा मृत भेटिएको घटना अत्यन्त खेदजनक भएको बताउँदै मन्त्री राईले गौहत्या गर्नेलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले उक्त घटना इतिहासकै लागि कालो दिन भएको बताउनुभयो । छाडा पशु चौपाया व्यवस्थापनका लागि आफू सधैं संवेदनशील र गम्भीर रहेको बताउनु हुँदै मन्त्री राईले सर्वपक्षीय तथा सर्वदलीय भेला गरेर यसको दिर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । ‘पशुचौपाय व्यवस्थापनका लागि नेपालगञ्जबासीबाट सामान्य कर उठाएर भएपनि लाग्नुपर्छ, जनता रिसाउलान् र चुनावमा घाटा होला भन्ने सोचेर हुँदैन,’ मन्त्री राईले भन्नुभयो । उहाँले बागेश्वरी मन्दिरको जग्गामा भएको अनियमितताको छानविन गरी धार्मिक सम्पत्तिमाथिको चरम दोहन र भ्रष्टाचार गर्नेलाई कडा कारवाही हुनुपर्ने बताउनुभयो । नेपालगञ्जको धार्मिक तथा सामाजिक सद्भावलाई खल्बल्याउने षड्यन्त्रप्रति सबै सजग रहनुपर्नेमा मन्त्री राईले जोड दिनुभयो । मन्त्री राईले नेपालगञ्जको कारकाँदोमा सभाहल निर्माणका लागि वजेट विनियोजन भएको भन्दै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सम्झौता अनुसार ८ कोठे भवन निर्माण नगरेको, भोगाधिकारको जग्गालाई लिजमा परिणत नगरेका लगायतका कारण सरकारले सम्झौता खारेज गरेको बताउनुभयो । यसैबीच मन्त्री राईले बाँकेमा बसेर लामो समय पत्रकारिता गर्नुभएका क्यान्सर पीडित बरिष्ठ पत्रकार रेशम विरही र बोन म्यारो भएका सुर्खेतका पत्रकार डिल प्रकाश शर्माको उपचारका लागि ५०/५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
Advertisement