नरैनापुरको मटेहिया गौशाला गाई संरक्षणका लागि एक घर एक गाई अनुदान सहयोग सञ्चालन
प्रकाशित मिति : २०७६, १५ भाद्र आईतवार १६:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर(बाँके)।बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित मटेहिया गौशालामा रहेका गाईहरुको संरक्षणका लागि एक घर एक गाई अनुदान सहयोग सञ्चालन गरिएको छ । नरैनापुर गाउँपालिकाको सहयोगमा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयले प्रतिबद्धता जनाएका छन् । ‘गाई संरक्षणका लागि एक सय जति व्यक्तिले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्,’ मटेहिया छाडा पशु व्यवस्थापन समितिका सचिव रामनिवास यादवले भन्नुभयो, ‘गौशालाको व्यवस्थापन र गाईको संरक्षणका लागि स्थानीयले स्वःस्फूर्तरुपमा सहयोग गर्ने भएका छन्, प्रत्येक ६ महिनामा प्रति घर २० किलो गहुँ वा चामल दिने प्रतिबद्धता आएको छ, त्यसबाट हामीले गाईहरुको आहाराका लागि भुस, नुन र पराल किन्छौं ।’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले पाँच पाँच वटा गाई संरक्षणको दायित्व लिनुभएको सचिव यादवले बताउनुभयो । गाउँपालिकाको सहयोगमा गत आर्थिक बर्षमा ३ वटा गाईगोठ बनाउनुका साथै गौशाला क्षेत्रमा तारजाली समेत गरिएको छ । ‘गौशालाको व्यवस्थापन र गाई संरक्षणका लागि गाउँपालिकाले सबै सहयोग गर्छ, गौशालाका लागि गाउँपालिकाले १६ लाख लगानी गरिसकेको छ, चालू आर्थिक बर्षमा पनि थप ३० लाख लगानी गर्छौं,’ गाउँपालिकाका अध्यक्ष शाहले भन्नुभयो । अध्यक्ष शाहले हाल त्यहाँ भएका गाईहरुको संरक्षणमा ध्यान दिँदै नेपालगञ्ज क्षेत्रमा रहेका छाडा गाईहरुलाई पनि मटेहिया गौशालामा ल्याएर पालिने बताउनुभयो । ‘हामीसंग प्रशस्त जग्गा छँदैछ, अब थप संरचना बनाएर नेपालगञ्ज क्षेत्रका गाईहरु पनि यहाँ ल्याएर पाल्छौं, शाहले भन्नुभयो, ‘गाईको संरक्षणका लागि गाउँपालिका प्रतिबद्ध छ ।’ उहाँले ३ जना गाई हेरालुको पारिश्रमिक पनि गाउँपालिकाले ब्यहोर्ने बताउनुभयो । दश महिनादेखि सञ्चालनमा आएको मटेहिया गौशालामा अहिले करिब ३ सय गाई रहेका छन् । गौशाला क्षेत्रमा गड्यौंले मल उत्पादनको काम पनि शुरु भइसकेको व्यवस्थापन समितिका सचिव यादवले बताउनुभयो । गाउँपालिकाकै सहयोगमा केही समय अघि गौशाला क्षेत्रमा अमला र हर्रोका करिब ६ सय विरुवा रोपिएको यादवले जानकारी दिनुभयो ।
Advertisement