गाई हत्या बारे छानविन समितिले सुरु ग¥यो अनुसन्धान
प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार ०६:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्जको काञ्जिहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवामा( गाईहरु) पशु चौपायहरुको मृत्यु भएको विषयमा छानविनका लागि गठन भएको समितिले आइतबारदेखि काम सुरु गरेको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष विकास आचार्यको अध्यक्षतामा शनिबार ७ सदस्य समिति गठन गरेको छ । समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको पहिलो बैठकले निष्पक्ष र तटस्थ रही आप्mनो जिम्मेवारलिाई तोकिएको समयभित्रै पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्दै आवश्यक सकारात्मक सल्लाह, सुझाव एवं सहयोगका लागि सबैमा अपिल गरेको छ । बैठकले सोमबार विहान काञ्जिहाउसको स्थलगत निरीक्षण गर्नेछ, दिउसो ३ बजे उपमहानगरपालिकामा सरोकारवालालाई आमन्त्रण गरि सल्लाह र सुझाव लिने निर्णय गरेको छ । समितिको प्रबक्तामा समितिका सदस्य बशन्त गौतमलाई तोकिएको छ । छानविनका लागि १५ दिनको समय पाएको समितिमा पत्रकार पूर्णलाल चुके,अधिकारकर्मी बिश्वजित तिवारी, बशन्त गौतम, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकर, पशु स्वास्थ्य विशेषज्ञ जनकराम भण्डारी सदस्य र सदस्य सचिवमा उपमहानगरपालिकाका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल रहनुभएको छ ।
Advertisement