नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकको संशोधन दर्ता गरायो
प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार ०७:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकको संशोधन दर्ता गराएको छ। कांग्रेसले राष्ट्रिय सभामा सरकारले पेश गरेको नेपाल मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएको हो।राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे र सांसद राधेश्याम अधिकारीले विभिन्न २९ बुँदामा संशोधन गर्न माग गर्दै संशोधनको सूचना दर्ता गराएका हुन्।सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गरेका थिए। विधेयकलाई लिएर नेपाल पत्रकार महासंघलगायतले विरोध गर्दै संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।मिडियालेे २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना तिराउने भन्ने वाक्यांशको सट्टा ‘सार्वजनिक रुपमा क्षमायाचना गर्नु पर्ने वा कालो सूचीमा राखी नाम सार्वजनिक गर्ने’ कुरा कांग्रेसले दर्ता गराएको छ।
Advertisement