कोहलपुरमा गाई सग ठोक्किएर फोर्स गाडी पल्टयो, गाईको ज्यान गयो
प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार ०८:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । कोहलपुरमा गाई सग ठोक्किएर फोर्स गाडी पल्टिएको छ। सुर्खेतबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २४०९ को फोर्स गाडी कोहलपुरको न्यू रोडमा गए राती ११ बजे गाईलाई बचाउन खोज्दा सडक किनारामा राखिएको ठेलालाई ठक्कर दिदै पुनः गाईलाई ठक्कर दिएको थियो। ठक्कर दिएर अनियन्त्रित भएको फोर्स गाडी बाटोमै पल्टिएको हो। फोर्स गाडीले ठोक्दा गाईको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। दुर्घटनामा परि गाडी चालक बर्दिया बाँसगढि ३ का ४९ बर्षका भिम बहादुर देबकोटा घाइते भइ कोहलपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। दुर्घटनाग्रस्त गाडीमा चालक मात्रै सवार रहेको ट्राफिक कार्यालयका दुर्गादत्त जोशिले बताएका छन् ।तस्बिर : सामाजिक सन्जालबाट।
Advertisement