राप्ती नदिमा गोही छोडिएपछि डुडुवा गाउँपालिकाको आपत्ती, तीन दिन भित्र अन्यत्र सार्न पत्राचार
प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार १५:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा/ बाँके । राप्ती नदिमा गोही छोडिएपछि डुडुवा गाउँपालिकाले आपत्ती जनाएको छ। बाँके जिल्ला बन डिभिजन कार्यालयले खजुराबाट गोहीलाई उद्दार गरि राप्ती पुल तल नदीमा छोडेपछि गाउँपालिका लगायत स्थानीयले विरोध जनाएका छन । बाँके राप्ती नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयबासीले आक्रोस व्यक्त गरेका हुन । राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिसहरु नुहाउने, पुजा पाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको हो । नदीमा गोही छाड्नै परेपनि गाउँबस्तीदेखि अलि टाढा लगेर छोडेको भए जोखिमबाट बच्न सक्ने स्थानीयले बताएका छन्। गोही छोडिएको घटनालाई मध्य नजर गर्दै गाउँपालिकासग कुनै सल्लाह नगरी आफ्नो खुसीले बन कार्यालयले यस्तो कार्य गरेको भन्दै गाउँपालिकाले तीन दिन भित्र गोहीलाई तत्काल अन्यत्र लैजान बन कार्यालय बाँकेलाई पत्राचार गरेको छ।वन डिभिजन कार्यालयले बाँके खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयको घरबाट उद्धार गरि करिब १२ किलो भएको एक वर्षको गोहीलाई राप्ती नदीमा आईतबार छोडेको जनाएको छ । गोहीका कारणले त्यस आसपास क्षेत्रका स्थानीय त्रसित भएका छन ।
Advertisement