Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

गाई मार्नुमा को दोषी!

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, १६ भाद्र सोमबार १८:२६  

    प्रकाशमान सिंह । देशको राष्ट्रिय जनावरको जुन किसिमले बरबरतापुर्ण हत्या गरियो, त्यो शब्दमा बयान गर्न गाह्रो छ।राज्यका ८० प्रतिशत भन्दा बढी हिन्दु जनसंख्याले धार्मिक आस्थाका रुपमा माताको उपमा हेर्ने गरेको पशुमाथी गरिएको क्रुर र अमानवीय व्यवहारप्रति घोर भर्त्सना गर्न जरुरी नै छ।
    गएको हप्ता बाकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेख तर्फ लैजादै गरिएका २९१ गाई मध्य ३५ गाईलाई भिरबाट खसालेर मारिएको घटनाले यतिबेला सर्बत्र बहस र चासोको बिषय बनिरहेको छ।सोही घटनाका सन्दिग्दहरुलाई अनुसन्धानका लागि समानित जिल्ला अदालतले ७ दिनको म्याद दिइसकेको छ। सुर्खेत प्रहरीले ५ जना ट्रक चालक र २ जना सह-चालकलाई गएको शुक्रबार पक्राउ गरिसकेको छ।नेपालगन्ज उपमहानगरले  कान्जीहाउसमा रहेका मध्य २९१ गाई, गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरबी गाउपालिका १ को श्रिस्थान पुर्याउन खोजिएको थियो।सम्बन्धित स्थानीय तह र श्रिस्थान मन्दिर व्यवस्थापन समितिसंगको समन्वय बिनै लैजान लागिएका गाई बिरेन्द्रनगरको भेरी पुलदेखी कटकुवा क्षेत्रका विभिन्न जङ्गल र भिरमा गएको बिहीबार राती १२ बजे देखि शुक्रबार बिहान ४ बजे सम्म झारिएको भुझिएको छ।त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए।
    केहि दिन देखि भोकै रहेका गाईलाई उपमहानगरले एउटै ट्रकमा क्षमता भन्दा धेरै राखेर किन पठायो ? बाटोमा ल्याउदाल्याउदै ट्रकमै गाई मरेका भए नजिकको प्रहरी युनिट,स्थानीय तह र सरोकारवालालाई जानकारी किन गराइएन ? दैलेख श्रिस्थान मन्दिर व्यवस्थापन समितिसंग सम्झौता भएको भए जिबित गाईलाई किन बिच बाटो (सुर्खेत) मै झारेर ट्रक फर्किए ? त्यसैले गर्दा जहाँजहाँ भिर छ, त्यही त्यही लगेर खसाउनु भनेको सरासर अपराध हो। उपमहानगरले आफ्नो बचाउ गर्दै भिरबाट खसालिएको होइन भनेता पनि पोष्टमार्टम रिपोर्टले कटकुवा र धुलियाभिर क्षेत्रमा मारिएका गाईको पोष्टमार्ट्म रिपोर्ट अनुसार गाईहरुका खुट्टा भाचिएका मस्तिष्क र मुटुमा गम्भीर चोट देखिएको,मलद्वार बाहिर निस्किएको बताएको छ।नेपालगन्ज उपमहानगरले भनेको जस्तो मरेका गाईलाई बाटो छेउछाउमा झारिएको हो भने पोष्ट्मार्ट रिपोर्टले खुट्टा बाचिएको मस्तिष्क र मुटुमा गम्भीर चोट लागेको किन देखायो ?
    कानुन कार्यन्वयन गराउने स्थानीय सरकारले कम्तीमा पनि पशु ढुवानी गर्दा अपनाउनुपर्ने सामान्य मापदण्ड पनि नअपनाउनुलाई के भन्ने ?
    पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशुचौपायालाइ एक ठाउबाट अर्को ठाउ लैजादा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र,उपचार सामाग्री,हरेक गाडीमा पठाउने र पाउनेको नाम,ठेगाना,पशुको जात तथा संख्याको विवरण,पशुलोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय,पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनुपर्ने लगाएतका प्राबधान मापदण्डमा छन।
    जेसुकै होस राष्ट्रिय जनावर गाईमाथी अन्याय गर्ने र गराउने दुबै पक्ष दोषी हुन।निष्पक्ष छानबिन गरि राष्ट्रको चिनारी गौ-हत्या जस्तो जघन्य अपराध गर्ने र गराउने सन्दिग्दहरुलाई कडा कारबाही गरियोस।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट