ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिदां दुई जनाको मृत्यु, एक घाइते
प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलवार ०९:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(लमही), दाङ । दाङमा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।दाङको लमही भालुबाङ सडक खण्डको पिपरीमा सोमवार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका वडा नं १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका वडा नं ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।गम्भीर घाइते दुबै जनालाई लमही अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
उक्त दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । उनको खुट्टा फ्याक्चर भएको तथा हातमा पनि गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते मरासनीलाई स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।