मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई दल दर्ता खुला
प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलवार १४:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । निर्वाचन आयोगले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता खुला गरेको छ। आयोगले उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो। आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ।
Advertisement
२०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलले उपनिर्वाचनका लागि पुनः दल दर्ता गर्नु नपर्ने आयोगले जनाएको छ। २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले उपनिर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा दल दर्ता गराउनुपर्नेछ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा विभिन्न कारणले रिक्त पदपूर्तिका उपनिर्वाचन गर्न लागिएको हो। आगामी मङ्सिर १४ मा तीनै तहमा गरी कूल ५१ पदका लागि उपनिर्वाचन हुँदैछ। जसमा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिकाको प्रमुख १, गाउँपालिकाको अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४२ रहेका छन्।
राजनीतिक दलले विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिह्न, दर्ताका लागि भएको केन्द्रीय समितिको निर्णय, वार्षिक लेखापरीक्षण प्रतिवेदन, पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति, कार्यकारिणी समितिका पदाधिकारी र सदस्यको सङ्ख्याजस्ता विषय खुुलाएर निवेदन दिनुपर्ने आयोगले जनाएको छ। आयोगमा हाल दर्ता रहेको राजनीतिक दलको सङ्ख्या १ सय ३२ रहेको छ।