महिला जग्गा मालिकको गाउँ अर्थात बाँकेको बन्जारे गाउँ
प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार ०७:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
निशु जोशी/ नेपालगन्ज ।नेपालगन्जबाट करीव ७ किलोमीटर पश्चिम दक्षिण दिशातर्फ वन्जारे गाँउ छ । उक्त गाँउमा मधेसी र मुस्लीम समुदायको वाक्लो वसोवास छ । स्थानीयसंग धेरै जमीन छैन । तर जति जमीन छ त्यो जमीनका मालिक महिला छन् । जग्गा, जमीन, वैंकिङ खाता त्यहाँका प्राय महिलाहरुको नाममा छ । घरमा अशान्ति नहोस् भन्ने हेतुले परीवारले महिलाको नाममा जग्गा राखेका हुन् ।
Advertisement
बाँकेको जानकी गाँउपालीका वडा नं ३ वन्जारेगाँउकि ५४ वर्षीय फातीमा वागवान डेढ वर्ष मात्रै भयो उनि आफ्नो एक कठ्ठा जमीनको मालीक भएको । उनको श्रीमान, एक छोरा र ३ छोरी छन् तर पनि उनका ससुराले जग्गा उनको नाममा वनाएका हुन् । उनिजस्तै, वन्जारेगाँउकि अर्कि ६५ वर्षिया आयसा वेहनाको नाममा पनि जग्गा छ । भएको ५ धुर जग्गा ५ वर्ष अघि मात्रै उनका श्रीमानले नै उनका नाममा वनाइदिएका हुन् ।
वन्जारे गाँउमा मधेसी र मुस्लीम समुदायको वाक्लो वस्ती छ । यहाँका पुरुषहरु मजदुरीको काम गर्छन् भने महिलाले घरभित्रको । उनिहरुसंग धेरै जग्गा जमीन छैन । तर जति छ त्यो श्रीमतिको नाममा रहेको पाइएको छ । जग्गा आफ्नो नाममा भएपछि महिलाहरु पनि खुसी छन् । स्थानीय २४ वर्षिय आश्मा वागवानले ससुराले छोरा हुदाहुदै आफ्नो नाममा जग्गा वनाएकाले खुसी भएको वताइन् । ससुराले छोरी समान व्यवहार गरेको उनको भनाई छ ।
सरकारलाई तिर्नुपर्ने करमा छुट पाइने, परीवारमा झैझगडा र कलह नहोस भन्ने उद्येश्यले श्रीमतीको नाममा जग्गा, जमीन र वैंकको खाता राख्ने गरीएको स्थानीय हुसेनी वेहनाले बताए । उनी साइकल वनाउने, मर्मत गर्नुका साथै मजदुरीको काम गर्छन् । तर पनि आफुसंग भएको ५ धुर घरजग्गा नै श्रीमान श्रीमतिको नाममा राखेका छन् । श्रीमतिको नाममा जग्गा भए श्रीमतिले छोडेर नजाने उनको तर्क छ ।
वडाध्यक्ष विन्देश्वरी कुर्मीले पनि बाँकेमा रहेको आफ्नो सवै जग्गा श्रीमति कृष्णा कुमारी कुर्मीको नाममा राखीएको बताए । श्रीमतिको नाममा जग्गा राखीदिएर उनलाई अधिकार दिएको कुर्मीको तर्क छ । यो वडा न। ३ मा ३ वर्ष अघि गरीएको सर्वेक्षणमा १२ हजार जनसंख्या रहेको तत्थ्यांक छ । त्यसमध्य साढे ४ सय महिलाको नाममा घरजग्गा, सम्पती रहेको वडाध्यक्ष कुर्मीले जानकारी दिए । कतिपय पुरुषहरु भारतमा रहेको, चारतिय ज्वाईको नागरीकता नभएको कारणले पनि महिलाहरुको नाममा नागरीकले रहेको उनले बताए ।
पछिल्लो समय महिला शशक्तिकरणको आवाज उठिरहेको छ । यस्तो अवस्थामा विकासका दृष्टिकोणले पछाडि परेको मधेसी र मुस्लीम समुदायका पुरुषहरुले महिलाहरुलाई सम्पतीको हक दिनु स्वागतयोग्य कुरा भएको महिला अधिकारकर्मीहरु बताउछन् । तर उनिहरुको नाम मात्र नभई सम्पतीको प्रयोग गर्ने विषयमा पनि महिलाहरु नै जागरुक र शशक्त हुनुपर्ने उनिहरुको भनाई छ ।
nishujoshi.blogspot.com बाट