तुलसीपुर उपमहानगरपालिकाको जग्गामा व्यक्ति बिशेषको रजाँई चल्दै
प्रकाशित मिति : २०७६, १९ भाद्र बिहीबार १०:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर ( दाङ )। तुलसीपुर उपमहानगरपालिकाको जग्गामा व्यक्ति बिशेषको रजाँई चल्दै आएको छ । तरपनि उपमहानगरपालिका भने रमिते मात्रै बनिरहेको छ । उपमहानगरपालिकाको जग्गामा व्यक्ति विशेषले भव्य संरचना निर्माण गरेका छन् । होटेल तथा लजहरु बर्षौंदेखि संचालन गर्दै आएका छन् ।
Advertisement
तुलसीपुर उपमहानगरपालिकामा कार्यरत अमिन विक्रम गौतमले साविक तुलसीपुर नगरापलिकाको ५ ख ५४४ कित्ता नम्वर मध्यको १ विगाहा, १० कठ्ठा १४ धुर जग्गा मध्य आधा जति जग्गामा बर्षौंदेखि व्यक्तिको रजाँई चल्दै आएको छ ।
यो मासु मण्डि हालका मेयर घनश्याम पाण्डे उपमेयर रहँदा २०५४ सालतिर निर्माण गरिएको हो । आधा क्षेत्रमा मासु मण्डि निर्माण गरि उपमहानगरपालिकाले मासिक झन्डै ५० हजार भाडा प्राप्त गर्दै आएको छ । बाँकी क्षेत्रमा भने व्यक्ति विशेषले ४÷५ तल्ले पक्की संरचना निर्माण गरेका छन् । होटेल संचालन गरेका छन् । जहाँ वाट उपमहानगरपालिकाले एक रुपैंया पनि रकम पाउँदैन ।
उपमहानगरपालिकाको जग्गा एैलानी जग्गा भन्दै भूमाफियाले एक बाट अर्कौ व्यक्तिलाई बेचविखन गर्दैै दर्जनौं पक्कि संरचना निर्माण गरिसक्दा समेत उपमहानगरपालिका मौन मात्रै बस्दै आएको छ । यत्तिमात्रै हैन तुलसीपुरको बसपार्क क्षेत्रको न्यूरोडको क्षेत्रको जग्गापनि नगरकै हो । साविक तुलसीपुर नगरको ५ ख ५४५ को ३ कठ्ठा र ५४६ कित्ता नम्वरको ११ कठ्ठा जग्गाको एक तिहाई भाग पनि नगरले प्रयोग गर्न सकेको छैन । न्यूरोड क्षेत्रको गौरीगाउँले कुलोदेखिको पश्चिम तर्फ निर्मित सबै संरचनापनि नगरकै जग्गामा ठडिएका छन् । यहाँपनि दर्जनौ होटेलहरु बर्षौंदेखि व्यक्तिले मनोमानी ढंगले चलाउँदै आएका छ्न । तर नगरपालिकाले भने यहाँपनि एक सक्को पनि पाएको छैन ।
यत्तिमात्रै हैन तुलसीपुर उपमहानगरपालिकाले आफ्नो कार्यालय क्षेत्रसंगैको आफ्नो जग्गा अतिक्रम हुँदापनि मौनता साँध्दै आएको छ। तुलसीपुर उपमहानगरपालिका बसेको स्थान साविक तुलसीपुर ५ घ कित्ता नम्वर ८१२ मध्यको क्षेत्रफल १० कठ्ठा जमिन मध्य उत्तर पूर्व तर्फको साढे ५ धुर जमिनमा तीनजनाले पक्कि संरचना निर्माण गरि व्यवसाय गर्दै आएका छन् । तैपनि तुलसीपुर उपमहागनरपालिका भने त्यो टुलुटुलु हेरेर बसिरहेको छ । व्यक्ति विशेषद्धारा अतिक्रमित सार्वजनिक जग्गा खोजी गर्दै बताउँदै आएको उपमहानगरपालिकाले आफ्नै जग्गाको स्वामित्व समेत खोज्न र ग्रहण गर्न नसक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।फरक कोणबाट साभर।