नेपालगञ्जलाई महानगर निर्माणका लागि डिपिआर बनाइने
प्रकाशित मिति : २०७६, १९ भाद्र बिहीबार १८:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगगञ्ज। नेपालगञ्जलाई महानगरपालिका निर्माणका लागि डिपिआएर तयार गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले महानगरपालिकाका लागि आवधिक योजना निर्माण गर्ने निर्णय गरेको हो । उपमहानगरपालिका नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले महानगरपालिका निर्माणका लागि आवश्यक पर्ने पूर्वाधार सहित श्रोतको खोजी गरि आवधिक योजना आगामी नगरसभामा पेश गरिनेछ ।नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका सबै घरपालुवा पशु चौपायको ट्याडिङ गर्नका लागि घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको छ । खुला सीमाका कारण भारतबाट भित्रिने छाडा पशु चौपाय नेपालगञ्जको ठुलो समस्या भएपछि नगर कार्यपालिकाको बैठकले भारतबाट भित्रिने छाडा पशु चौपाय भित्रिन नदिनका लागि जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी अस्पताजन्य फोहोर व्यवस्थापन कार्यक्रम अन्तर्गत फोहर उत्पादनको मात्रा एकिन गर्नका लागि जिआईजेडसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
Advertisement