डेंगुबाट कृषिमन्त्रीसहित दुई चिकित्सक पनि संक्रमित
प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार ०९:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ ।राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ ।
Advertisement
राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो ।
मन्त्री खनाल डेंगु ज्वरोले थलिएपछि बुधबार ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका छन् । उनलाई १०३ डिग्रीसम्म ज्वरो आएको थियो । बिहीबार ज्वरो घटेको छ । अस्पतालले उनलाई डेंगु नै भएको आधिकारिक रूपमा जनाएको छैन । उपचारमा संलग्न एक चिकित्सकका अनुसार खनाललाई हेमोरेजिक वा डेंगु सक सिन्ड्रोमको लक्षण देखिएको छैन, साधारण डेंगु देखिएको हो ।
उनलाई आईसीयू सुविधा उपलब्ध भएको भीआईपी कक्षमा राखिएको छ । खनाललाई केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले बताएका छन् । ‘हामीले पनि वाचफुल बन्नुपर्छ तर अहिले आत्तिनु पर्दैन,’ अस्पतालका निर्देशक डा। चक्रराज पाण्डेले भने, ‘हाल उहाँको उपचार जारी रहनुका साथै स्वास्थ्य स्थिति नियन्त्रणमा छ ।’
ईडीसीडीका अनुसार यो वर्ष साउनयता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिरामीको संख्या करिब ३ हजार नाघिसकेको छ । अस्पतालको बहिरंग सेवाबाट उपचार गराएर घरमै स्वास्थ्य लाभ गर्नेको संख्या भने अझै यकिन भएको छैन ।
ईडीसीडी स्रोतका अनुसार साउनयता प्रदेश १ मा ७५२, प्रदेश २ मा २३, प्रदेश ३ मा १३४४, गण्डकी प्रदेशमा ६७७, प्रदेश ५ मा १०८, सुदूरपश्चिममा १२ र कर्णाली प्रदेशमा २ जनामा डेंगु संक्रमण पाइएको छ । डेंगु संक्रमण भएकामध्ये करिब ७५ प्रतिशतमा लक्षण सामान्य हुने वा नदेखिने टेकु अस्पतालका डा। शेरबहादुर पुनले बताए । उनका अनुसार यो वर्ष मुलुककै इतिहासमा सबैभन्दा बढी र कडा रूपमा देशव्यापी डेंगुको प्रकोप देखिएको हो । कान्तिपुर दैनिक बाट।