म सबैको साझा ब्यक्ती हो: अध्यक्ष बेहना
प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार २३:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जको वडा नम्बर ४ मा विभिन्न ब्यक्तीहरुलाई सम्मान गरिएको छ। वडामा शुक्रबार एकाउन्टिबिलीटील्याबद्वारा आयोजित स्थानिय जनप्रतिनिधी र सरोकारवाला बिच छलफल कार्यक्रममा उनिहरुलाई विभिन्न क्षेत्रबाट योगदान गरेकाले वडा नम्बर ४ ले बिशेष सम्मान दिएको हो। कार्यक्रमा वडा अध्यक्ष मो. सफिक बेहनाले आर्थिक बर्ष २०७६/०७७ को बजेट माथी प्रकाश पार्नु भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष बेहनाले यो बजेट सबैको हितको लागि सुहाउँदो तरिकाले बनाईएको कुरा बताउनु भएको थियो। उहाँले आफ्नो कार्यालय आउने सेवाग्राही जो कोही भएपनि काम लिएर आउँदा आफुलाइ अध्यक्ष भन्नू भन्दा पनि एउटा जनप्रतिनिधि सोचेर आउनुहोस् , म यहाँ आइसकेपछि म कुनै एक पार्टीको नेता होइन- म सबैको साझा भएको कुरा अध्यक्ष बेहनाले बताउनु भयो।साथै अध्यक्ष बेहना सग स्थानियले आफ्नो गुनासो एबम धारणा ब्यक्त गरेका थिए। स्थानियको प्रश्नको जवाफमा अध्यक्ष बेहनाले भन्नुभयो-” वडामा बजेट हामिले चाहेको जति आउदैन र सबै ठाउमा एकै बर्षमा बजेट हाल्न नि नसकेको सुइक्रानु भयो। अध्यक्ष बेहनाले आफ्नो कार्यकाल अवधीभर वडा नम्बर ४ मा सबै टोलको बिकास हुने कुरामा बिश्वाश गर्न सबैलाई अनुरोध गर्नु भयो। अध्यक्ष बेहना अध्यक्ष भएर आइसकेपछि नेपालगन्जकै इतिहासमै पहिलो पटक चिल्ड्रेन पार्क निर्माण , गर्ल्स स्कुल लगायत नेपालगन्जमा आधुनिक बसपार्क निर्माण कार्य भएको छ। कार्यक्रममा सम्मानित हुनेहरुमा बिकास निर्माणमा बिशेष भुमिका खेलेका मो. सलिम मुसलमान रहेका छन् भने सामाजिक सेवा बिशेष भुमिका खेलेकी तारा रोकाया खत्री , कार्यक्रम आयोजक सस्था एकाउन्टिबिलीटील्याब, बिकास निर्माणमा बिशेष सहयोग गरेकी बिष्णु सापकोटा लगायत १० जना रहेका छन् ।कार्यक्रममा कार्यपालिका सदस्य इन्दिरा शाही, महिला सदस्य मेनुका जोशी,अधिकृत सातौ दान बहादुर बिष्ट ,वडा सचिब राज कुमार कार्की ,नेपालगन्ज उधोग बाणिज्य संघकि उप महासचिब तारा रोकाया खत्री,ममता होम केयरकि प्रमुख सबिना सोडारी, समाजसेबी अस्मिता शाह,बासका प्रबन्ध निर्देशक नमस्कार शाह लगायत वडाका १०० जना भन्दा बढी उपस्थित रहेको कार्यक्रम सन्चालन एकाउन्टिबिलीटील्याबका छबीलाल सुनारले गर्नु भएको थियो।
Advertisement