दाइजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या
प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार १३:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चन्द्रनिगाहपुर । दाइजो नदिएको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । दाइजोमा मोटरसाइकल नदिएको भन्दै रौतहटको राजपुर नगरपालिका ७ अकोलवामा एक महिलाको हत्या भएको छ। २५ वर्षीया सन्जु देवीको हत्या भएको हो ।मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे ।केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जु मार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ । बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनले दाबी गरे ।प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।
Advertisement