तुलसीपुरमा माछा मार्दै गर्दा दुई युवाको डुवेर मृत्यु
प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार १६:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । तुलसीपुरमा माछा मार्ने क्रममा दुई जना युवाको डुवेर मृत्यु भएको छ । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं ५ निवासी २० बर्षीय अर्जुन बुढा र ओखलढुङ्गा जिल्लाका २६ बर्षीय मिलन लामाको माछा मार्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहर नाथ योगीका अनुसार सल्यान निवासी बुढा पछिल्लोसमय तुलसीपुर उपमहानगरपालिका वडा नं ८ कट्कुँईयामा बंगुरपालन गरेर बस्दै आएका थिए भने ओखलढुङ्गाका लामा सल्यानको कपुरस्थित ससुराली आएका व्यक्ति हुन ।उनीहरु दुबै जनाको तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहते खोलाको नव निर्मित पुल नजिकै जाल हानेर माछा मार्ने क्रममा डुवेर मृत्यु भएको डिएसपी योगीले जानकारी दिए ।गहते खोलामा नयाँ निर्माण गरेको पुल नजिकै पानीले गहिरो खाडल बनाएको र त्यसैमा जालहान्न गएका दुबैको डुवेर मृत्यु भएको डिएसपी योगीले बताए । घटनास्थलमा माछा मार्न प्रयोग गरिएको जालपनि फेला परेको छ । प्रहरीले शनिवार विहान मात्रै दुबै जनाको शव पानी बाट निकालेको हो ।
Advertisement