नेपालगन्जदेखि लखनउसम्म सिधा बस सेवा सन्चालनमा आयो
प्रकाशित मिति : २०७६, २२ भाद्र आईतवार १२:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आजदेखि नेपालगन्जदेखि भारतको उत्तर प्रदेशको राजधानी लखनउ सम्म सिधा बस सेवा सन्चालनमा असेको छ। भेरी यातायात प्रालीले उक्त बस सेवा संचालनमा ल्याएको हो ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले एक औपचारिक कार्यक्रमका बिच बसको ढोकामा बाधिएको रिबन काटेर बस सेवाको उद्घाटन गरेका हुन् ।उनले नेपालगन्जबाट लखनउ हिडेका यात्रुहरुलाई अबिर र माला लगाएर बिदाई गरे । राणाले हरियो झन्डा देखाएर बसलाई प्रस्थान गर्न संकेत गरेपछी बस लखनउका लागि प्रस्थान गरेको थियो ।मेयर राणाले नेपालगन्ज लखनउ बस सेवा संचालनमा आएकोमा आफू एकदमै खुशी भएको बताए । उनले नेपालगन्जलाई क्यासिनो सिटीको शहर बनाउदै गर्दा यो सेवा संचालन भएपछी उताबाट यहाँ आउने भारतिय पाहुनाहरुलाई सरल र सहज हुने बताए । उनले उताबाट पनि बिहानको समयमा एउटा बस छुटाउनका लागि प्रालिलाई सुझाब दिए । आजदेखि बस सन्चालनमा आउँदा नेपालगन्जबासी खुसी भएका छन् ।
Advertisement