डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण, नर्भिकमा उपचार हुँदै
प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार ०९:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण भएको छ।आँखाका वरिष्ठ डाक्टर रुइतलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको स्रोतले जानकारी दिएको छ।उनी ३ दिनदेखि अस्पतालमा छन्। उनीसँगै उनका परिवारका अन्य ३ जनालाई पनि डेंगी संक्रमण भएको छ।तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति रुइतेक्टोमीका सुरुवातकर्ता हुन्। सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन्। उनको अहिले नर्भिकमा उपचार भइरहेको छ।
Advertisement