त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो सुनसहित एक जना पक्राउ
प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार १३:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा होमबहादुर गुरूङ रहेका छन् । आज केही बेर अघि हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो।आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। प्रहरीले पक्राउ परेका गुरूङलाई सुनबारे सोधपुछ गरिरहेको छ।
Advertisement