बिश्व बैंकको छनौटमा पर्यो नेपालगञ्ज उपमहानगरपालिका
प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार १३:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका विश्व बैंकको कार्यक्रमका लागि छनौंटमा परेको छ । विश्व बैङकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उप–महानगरपालिकालाई छनौट गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो ।पाईलट परियोजना अन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले नेपालगञ्ज उप–महानगरपालिकामा सोमबारदेखि अध्ययन सुरु गरेको छ । विश्व बैंकको टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशाकसीय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुले स्वागत गर्नुभयो । टोलीले सोमबार नै जनप्रतिनिधी र कर्मचारीयसँग अन्तरक्रिया गरि कार्यक्रमको बारेमा जानकारी गराएको छ । टोलीलाई वडा अध्यक्ष प्रमोद रिजा, विन्दुभुष्ण बस्नेत लगायतले सुझाव दिनुभयो ।
Advertisement
विश्व वैङ्कको विशेषज्ञ टोलीले नेपालगञ्जमा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व, यसभित्रका राम्रा पक्ष र कमजोर पक्षको मुल्याङ्कन समेत गर्ने भएको छ । पहिलो चरणमा टोलीले चारदिनसम्म नेपालगञ्जमा रहेर वित्तिय व्यवस्थापनका बारेमा जानकारी लिने ।करिब दुई महिनाभित्र प्रारम्भिक मस्यौदा तयार गरि सार्वजनिक गरिने टोली प्रमुख वेसेटले जानकारी दिनुभयो । टोलीले मुल्याङ्कनकाक्रममा वजेटको समग्र पक्ष, सम्पत्ति र दायित्वको व्यवस्थापन, श्रोत परिचालन, लेखा परीक्षण लगायतका विषयमा अध्ययन गर्नेछ । मुल्याङ्कनका लागि ३१ वटा सूचक र ९४ वटा उपसूचक राखिएको बैङ्कको टोलीले जनाएको छ ।
विश्व बैङ्कले गर्ने मुल्याङ्कन आगामी दिनमा विश्व बैङ्कमात्रै नभएर अन्य दातृ निकायसँग सहकार्यका लागि उपयोगी हुने टोलीले जनाएको छ । आर्थिक अनुशासन, श्रोतको व्यवस्थापन सेवा प्रवाहमा अध्ययन केन्द्रीत हुनेछ । नेपालगञ्जका मेयर राणाले विश्व बैंकको पाईलट परियोजना नेपालगञ्जबाट सुरु हुनु नेपालगन्जबासीका लागि गर्वको विषय भएको बताउनुभयो ।